काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि अक्सन हुने मिति तय भएकाे छ ।
एनएलएसले आयोजक नेपाल स्पोर्ट्स एन्ड म्यानेजमेन्ट (एनएसइएम)काे विज्ञप्ति अनुसार अक्सन आगामी फागुन १० गते हुने घोषणा गरेको हो ।
अक्सनमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीसँगै विदेशी तथा आइकोनिक खेलाडी रहनेछन् । यसपटक अक्सनमा ए र बी श्रेणीका खेलाडीमाथि मात्र बोली लाग्ने विज्ञप्तिमा उल्लेख छ । सी श्रेणीका लागि भने पछि ड्राफ्ट मार्फत खेलाडी छनोट गरिनेछ ।
लिगमा ७ टोलीले सहभागी हुनेछन् । गत सिजन प्रवेश गरेका ३ मध्य स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगंज युनाइटेड एफसीले यसपटक लिगमा सहभागिता जनाएका छैनन् ।
झापा एफसीसँगै एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स एफसी र धनगढी एफसीले यसपटक एनएसएल खेल्नेछन् । ललितपुर साविक विजेता समेत हो ।
यसपटक सहभागी टोलीले गत सिजनको टिमबाट खेलाडी रिटेन अर्थात आफ्नै टिममा राख्न पाउने व्यवस्था समेत गरिएको छ । विज्ञप्ति अनुसार हरेक टोलीले २-३ खेलाडी रिटेन गर्न पाउने उल्लेख गरिएको छ ।
प्रतिक्रिया