logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    भक्तपुरमा बसमा मोटरसाइकल ठोक्किँदा रामेछापका युवाकाे ज्यान गयाे

    भक्तपुरमा बसमा मोटरसाइकल ठोक्किँदा रामेछापका युवाकाे ज्यान गयाे

    काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

    गएराति करिब आठ बजेतिर जगातीबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ७४४० नम्बरको बसमा विपरीत दिशाबाट आउँदै गरेको बा ४४ प ७३४२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । त्यसपछि जगातीबाट साँगातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५५ प २५९९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा तीन जना घाइते भएका थिए ।

    मध्ये बा ४४ प ७३४२ नम्बरको मोटरसाइकलमा सवार रामेछापको सुनापाती गाउँपालिका ४ घर भई हाल भक्तपुरको पाण्डुबजार बस्ने २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो ।

    इवामुरा अस्पतालमा उपचारको क्रममा गएराति करिब पौने नौ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको निधारमा गम्भीर चोट लागेको थियो ।

    दुर्घटनामा भक्तपुरको सूर्यविनायक नगरपालिका ९ काँक्राबारी बस्न २४ वर्षीय साजन तामाङ र बागमती प्रदेश ०२–०५५ प २५९९ नम्बरको मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका ११ घर भई हाल काभ्रेको पनौती बस्ने ३९ वर्षीय टिकाराम श्रेष्ठ घाइते छन् ।

    श्रेष्ठ राति नै अस्पतालबाट डिस्चार्ज भएका छन् भने तामाङको इवामुरा अस्पतालले थप उपचारका लागि मध्यपुर अस्पताल ठिमीमा रिफर गरेको छ । उनको मुखमा भित्री चोट लागेको उपचारमा संलग्न डाक्टरलाई उद्धृत गर्दै भक्तपुर प्रहरीले जनाएको छ ।

    बस चालक काभ्रेको पनौती नगरपालिका ७ घर भएका ५२ वर्षीय पुरुषोत्तम फाची श्रेष्ठलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP