logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा

    एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा

    काठमाडौं । सडन डेथमा न्युरोड टिम (एनआरटी) विरुद्ध जित निकाल्दै चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४औँ आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    बिहीबार पोखरा रंगशालमा भएको खेलमा एनआरटीले पहिलो हाफमै अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन । खेलको २५औँ मिनेटमा रिचर्ड विल्सनको गोलमा एनआरटीले अग्रता बनाएको थियो । तर, ६३औँ मिनेटमा नवीन लामाले पेनाल्टीमा गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काए ।

    यसपछि अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

    पेनाल्टीमा दुवै टिमका समान नौ खेलाडीले प्रहार गरेका थिए । पेनाल्टीमा एनआरटीका पाँच खेलाडीले गोल गर्दा चर्च ब्वाइजका ६ खेलाडीले गोल गरे ।

    चर्च ब्वाइजले अब प्रतियोगिताको सेमिफाइनल प्रवेशका निम्ति विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP