logo

  • २५ माघ २०८२, शनिबार | Sat, 07 Feb 2026
  • Dark Mode

          Subscribe

    महिला टी-२०आई शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै

    महिला टी-२०आई शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै

    काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको अन्तिम खेलमा नेपालले शुक्रबार थाइल्याण्डसँग खेल्दै छ ।

    खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छन् ।

    शृंखलाकै अन्तिम खेलको रूपमा रहेको यस खेलपछि उपाधि विजेताको टुंगो लाग्नेछ । हालसम्म जितविहीन रहेको नेपाल उपाधि होडबाट बाहिरिसकेको छ ।

    थाइल्याण्ड र नेदरल्याण्ड्स समान ४-४ जितसहित उपाधि होडमा छन् । शुक्रबार थाइल्याण्डले नेपाललाई हराएमा थाइल्याण्डले उपाधि जित्नेछ ।

    नेपाल थाइल्याण्डलाई हराउँदै सान्त्वना जित निकाल्ने लक्ष्यमा हुनेछ । फराकिलो जित निकालेमा नेदरल्याण्ड्सको पनि उपाधि जित्ने सम्भावना रहन्छ ।

    फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने प्रावधान छ ।

    नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय, रचना कुमारी चौधरी र ईश्‍वरी विष्ट 



    गाउँ सहर सम्वाददाता गाउँ सहर सम्वाददाता




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP