logo

  • २८ फाल्गुन २०८२, बिहीबार | Thu, 12 Mar 2026
  • Dark Mode

          Subscribe

    एसियन एम्पुटी फुटबलमा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा

    एसियन एम्पुटी फुटबलमा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा

    काठमाडौं । एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे बङ्गलादेशको ढाकास्थित वसुन्धरा रङ्गशालामा सुरु हुनेछ ।

    एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका वा एउटा हात नभएका) खेलाडीहरूले खेल्ने खेल हो

    प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बङ्गलादेश, इरान, इराक र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने भनिए पनि इरान अनुपस्थित भएपछि पाँच देशबीच प्रतिस्पर्धा हुनेछ ।

    माघ ३० गतेसम्म चल्ने प्रतियोगितामा नेपालले दोस्रो खेल बङ्गलादेशसँग माघ २७ गते, तेस्रो खेल माघ २८ गते इराकसँग र अन्तिम खेल २९ गते इन्डोनेसियासँग खेल्ने तालिका छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP