logo

  • २६ फाल्गुन २०८२, मंगलवार | Tue, 10 Mar 2026
  • Dark Mode

          Subscribe

    आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता

    आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुँदैछ।

    काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहेको छ। प्रतियोगिता खेल्नका लागि सहभागी देशका टोलीहरू नेपाल आइसकेका छन् भने उनीहरू आन्तरिक प्रशिक्षणमा व्यस्त रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा सोमबार घरेलु टोली नेपालले किर्गिस्तानको सामना गर्नेछ। प्रतियोगिताका लागि तयारी राम्रो रहेको सबै टोलीका प्रशिक्षक र कप्तानहरूले जनाएका छन्।

    प्रतियोगिता अघि आज दशरथ रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले खेल खेल्न सबै खेलाडी स्वदेश फर्किसकेको जानकारी दिए। नेपाली टोलीको प्रशिक्षण राम्रो रहेको र नजिता आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरे। यस्ता खेलहरू हरेक वर्ष हुन सके महिला फुटबल राम्रो हुने उनको भनाइ छ।

    त्यस्तै नेपाली महिला टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताइन्। खेलका लागि तयारी राम्रो रहेको र मनोबल उच्च रहेको भन्दै उनले राम्रो खेल देखाउने बताइन्।

    नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको एन्फाले जनाएको छ। प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलि शीर्ष दुई टोलीबीच फाइनल खेल हुने बताइएको छ। प्रतियोगिताको टिकट दर साधारणतर्फ ५ सय र भीआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP