logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    ब्ल्याक बुल्स बन्यो आहा राराको नयाँ च्याम्पियन, पुलिस उपविजेता

    ब्ल्याक बुल्स बन्यो आहा राराको नयाँ च्याम्पियन, पुलिस उपविजेता

    पोखरा । पहिलो पटकको सहभागितामै उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ। सर्वाधिक सफल विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि जितेको हो। पुलिस यसअघिका ६ संस्करणको विजेता टोली हो।

    खेलको ४० औं मिनेटमा ब्ल्याक बुल्सका कुभोनचबेक ओलिनोभले पहिलो गोल दर्ता गराए। ५८ मिनेटमा असिलबेक ओरिफजोनोभले अर्को गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्‍याए। साभकातजोन सात्तोरोधले ६६ औं मिनेटमा गोल गर्दै थप अग्रता दिलाए। पुलिसको तर्फबाट शिशिर चौधरीले ७४ औं मिनेटमा सान्तवना गोल फर्काएपनि थप गोल हुन नसक्दा उपविजेतामा सीमित भएको छ।

    सहारा क्बल पोखराले आयोजना गरेको २४ औं संस्करणको उपाधि जितेर पुलिस सर्वाधिक सात पटकको विजेता बन्न चाहान्थ्यो। तर, पहिलो पटक सहभागि बनेको ब्ल्याक बुल्सले इतिहास रच्यो।

    उपाधिसँगै ब्ल्याक बुल्सले १२ लाख १ हजार हात पारेको छ। उपविजेता पुलिस ६ लाख १ हजार रुपैयामा चित्त बुझाउन बाध्य भयो।
    पुलिसले प्रिक्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो।

    क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० ले हरायो। सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गर्दै फाइनलसम्म आइपुगेको हो। पुलिसका कप्तान राम वाजीले रणनीति अनुसार खेल्दै उपाधि पोल्टामा पार्ने बताउँछन्।

    ब्ल्याक बुल्सले पहिलो पटक आहा रारा गोल्डकप खेल्न पोखरा आएको हो। बाइ पाएर सिधै क्वाटरफाइनल खेल्न आएको उसले अर्को पाहुना टोली भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड क्लबलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्‍याे।

    सेमिफाइनलमा सानदार खेल्दै उसले आहा रारा पोखरा गोल्डकपमा पाँच पटकसम्म उपाधि जितेको थ्रीस्टारलाई ४–० गोल अन्तरले रोक्दै पुलिससँगको भिडन्त पक्का गरेको हो।

    यसपालि आहा रारा पोखरा गोल्डकपमा तीन विदेशीसहित १२ टोलीको सहभागिता थियो। अहिलेसम्म आहा रारा पोखरा गोल्डकपको उपाधि पुलिसले र मनाङले समान ६/६, थ्रीस्टारले ५, संकटा क्लबले २, सहारा क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब र अफ्रिकन युनाइटेडले समान १/१ पटक उचालेका छन्। नयाँ च्याम्पियनका रुपमा ब्ल्याक बुल्सले इतिहास बनाएको छ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP