ज्ञानकाजी तामाङ
“तपाईंले प्रश्न सोधेको कि वक्तव्य जारी गरेको ? नेपालमा टेलिभिजन ईन्टरभ्युको यो स्टाईल होईन हामीलाई थाहा छ हाम्रो साथी को हो ? तपाईंले भन्नु पर्दैन । चीनले यस्तो गर्याे, यस्तो गरेन, मैले के गर्नूपर्छ, के गर्नुहुँदैन भन्ने कुरा तपाईंले भन्ने होईन । चीन नेपालको मित्र हो र भारत पनि नेपालको मित्र हो ।”
यो वाक्य बुधबार भारतीय च्यानल रिपब्लिकाको “दि डिबेट” कार्यक्रमका प्रस्तोता अर्णव गोस्वामीलाई दिएको नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मिनेन्द्र रिजालको ठाडो जवाफ हो ।
नेपाल र भारतको सीमा विवादलाई लिएर बिगत केहि समय देखि लगतार रुपमा भारतीय सञ्चारमाध्यमहरुले अर्नगल, भ्रामक खालको विषय बनाएर पत्रकारिताको आधारभूत सिद्धान्तको धज्जी मात्रै उडाएको छैन दुई देशको सम्बन्धलाई समेत बिगार्न खोजेको देखिन्छ । अधिकांश भारतीय संचार माध्यमको कार्यक्रम हेर्ने हो भने दोस्रो विश्वयुद्धाको बेला जर्मनी र विभिन्न राष्ट्रहरुले प्रयोग गर्ने “प्रोपोगान्डा सिद्धान्त” को प्रयोग गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिरहेको स्पष्ट देख्न सकिन्छ ।
नेपालले आफूसँग पर्याप्त प्रमाण सहित महाकाली नदिको मुहान लिपियाधुरासम्म नेपालको सिमान हो भनेर राजनीतिक नक्सा जारी गर्दा सो प्रमाणको बारेमा अनुसन्धान, सोधखोज र प्रमाणीकरण गर्नुृको साट्टो चीनको उक्सावाटमा नेपालले ठूलो स्वर गरेको भन्ने खालको तर्कहिन, अर्नगल र भ्रमक खालको विषयहरुको प्रसारण गरिरहेको छ । उनिहरुको सञ्चार माध्यममा प्रसारण भइरहेको अहिलेको कार्यक्रमहरु हेर्ने हो भने भारतले कालापानी दावी गर्न सक्ने कुनैपनि आधार देखिँदैन । नेपाल र भारतको राजनीतिककर्मी तथा सञ्चारकर्मी सम्मिलित उक्त भिडियो कन्फरेन्समा कार्यक्रम प्रस्तोता गोस्वामीले अर्थहिन विषयहरुको प्रवेश गराएर नेपालीलाई भ्रम सिर्जना गर्न खोजेको कुरा स्पष्ट हुन्छ ।
गोस्वामीले नेपाली सहभागी रिजाललाई आफ्नो प्रभावमा पार्नको लागि चीन नेपालको मित्रता हुन नसक्ने, चीनले राम्रो नगर्ने, चीनले विश्वमा धोका दिईरहेको, नेपाल चीनको प्रभावमा परेको र चीनको पक्षमा लागेर नेपाल भारतको बिरोधमा उत्रिएको भन्ने भूमिका सुनाउँदै प्रश्न सोधेको थियो । भने रिजालले कार्यक्रमको सुरुमै गोस्वामीलाई पत्रकारिताको पाठ सिकाएको थियो । उनले स्पष्ट रुपमा नेपालको सम्पूर्ण राजनीतिक दल तथा नेपाली जनता सीमा विवाद र कालापानीको विषयमा नेपाल सरकारको पक्षमा रहेको बताउँदै, अगाडी भने “हामी द्विपक्षीय संवादबाट विवादको समधन गर्न चाहन्छौँ तर यो पनि भन्छु, हामीले हाम्रा प्रमाणहरु राख्ने छौँ, भारत सरकारले पनि आफ्ना तर्फबाट प्रमाणहरु राख्न सक्छ दुबै पक्षहरु संवादमा बस्न आवश्यक छ ।” रिजालको जवाफले बोल्ती बन्द भएपछि सञ्चालकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कोभिड-१९ को विषयमा गरेको टिप्पणीलाई लिएर विषयलाई अन्त मोड्न खोजेको देखिन्छ ।
त्यसैगरी भारतीय अर्काे च्यानल “जि न्युजले” ले पनि नेपाली मूलको बलिउड नायिका मनिष कोईरालाको अभिव्यक्तिलाई लिएर दिनभरि चर्चा परिचर्चा गरिरहे आक्रमक रुपमा भारतमा रहेको नेपाली मूलको नागारिकहरुमाथि नियोजित ढंगाले निरन्तर रुपमा घोचपेच मात्रै गरिरहेको छैन साम्प्रदायिक हिंसा भड्काउन सक्ने खालको उत्तेजित खालको समेत अभिक्ति दिईरहेको पाईन्छ । नेपालको विषयमा मात्रै हैन भारतीय सञ्चार माध्यमहरुले भारतसँग सिमान जोडिएको हरेक मुलुकको बारेमा यस्तै खाले भ्रमक खालको समचारको प्रसारण गरिरहन्छन् । केहि समय अगाडि जम्बूकाश्मिरको विषयमा पाकिस्तानसँग होस वा दोक्लाम विवादलाई लिएर चीनसँग नै किन नहोस यस्तै खालको विवादित र भ्रमपूर्ण अभिव्यक्ति भारतीय सञ्चार माध्ययमा आएको थियो । आखिर किन गर्छन त भारतीय सञ्चार माध्यमले विरोध ??
मुलतः निम्न कारणहरुले गर्दा भारतीय सञ्चार माध्यमले यस्तो खालको कार्यक्रमको प्रसारण गर्छन्-
“म्याजिक बुलेट थेउरी”, यो अहिलेको सञ्चार जगतमा सम्भव छैन
सन् १९३८ मा अमेरिकाको एउटा राज्यामा रेडियोबाट “द वार अफ वर्ल्डस्” नामक एउटा रेडियो नाटक प्रसारण गरेको थियो । जसमा सूचना थियो “जसमा आकाशबाट पिण्डहरु वा भनौँ यलियनहरु खसिरहेको छ र त्यहाँबाट आउने यलियनहरुले मानिसको वस्तीहरुमा आगोको मुश्लो फाल्दै विनास गरिरहेको, पुलिसहरु आइरहेको भन्ने कथा प्रस्तुत भएको थियो तर भर्खर-भर्खर मात्र रेडियोको प्रयोग गरिरहेको स्रोताहरुको लागि डरलाग्दो खालको सन्देश गएको र उनिहरुले सो सूचनालाई नै वास्तविक ठानेर नाटक प्रसारण गरेको केहि क्षणमा नै सो राज्यको अधिकांश मानिसहरुले सुरक्षित क्षेत्र तर्फ बसाईं सर्न थालेको थियो ता कि आफू र परिवारलाई जोगाउन सकुन् । तर वस्तवमा सो रेडियो नाटक मनोरञ्जनको लागि मात्रा थियो । तर आम स्रोताले वास्ताविक ठाने । र यहि बेला देखि सञ्चार माध्यमले आम स्रोतालाई पार्ने असरको बारेमा अनुसन्धान हुनथाले । फलतः “म्याजिक बुलेट थेउरी”, “सञ्चार माध्यमले आफ्नो स्रोतालाई बन्दुकको गोलीले जसरी” असर गर्छ भन्ने सिद्धान्त प्रतिपादन भयो । अहिले भारतीय सञ्चार माध्यमले पनि सोहि सिद्धान्त लागु गर्न खोजेको देखिन्छ तर यो अहिलेको सञ्चार जगतमा सम्भव छैन ।
“प्रोपोगाण्डा थेउरी”, अब भ्रम छर्ने दिन गए
दोस्रो विश्व युद्धको बेलामा जर्मनीका शासक थिए अडफोल्ड हिटलर । सन् १९३९ देखि ४४ सम्म चलेको विश्व युद्धको बेलामा रेडियो सञ्चार माध्यमको रुपमा भर्खर स्थापित हूँदै गरेको अवस्थमा थियो । मानिसहरुले सजिलै रेडियोको सूचनालाई विश्वाश गर्थे । सोहि विश्वासलाई लिएर जर्मनीले रेडियोलाई सैनिकको रुपमा प्रयोग गरे अर्थात जर्मनीले हरेक युद्ध जित हासिल गरिरहेको, तथा जर्मनीको बारेमा सकारात्मक खालको र अन्य मुलुकको हकमा गलत र नकारात्मक खालको गलत सूचनाको मात्रै धाराप्रवाह रुपमा रुपमा प्रसारण हुन्थे । फलतः जनताहरुले सोहि सूचना पत्याउँथे र उसैलाई समर्थन गर्थे । तत्कालीन रुपमा सञ्चारको अरु द्रूत गतिको माध्यम थिएन र आम सर्वसाधारण रेडियो कै सूचनाको भरमा पर्थे र सोहि कुरालाई विश्वास गर्थे, सोहि बेला देखि “प्रोपोगाण्डा सिद्धान्तको” प्रतिपादन भयो । विभिन्न कालखण्डमा फरकफरक राष्ट्रको शासकहरुले यहि सिद्धान्तलाई प्रयोग गरेर आम नागरिकको सामु आफ्नो बारेमा सकारात्मक सन्देश मात्रै सम्प्रेषण गरेर शासन गरेको थुप्रै उदाहरण विश्व सामु छन् । नेपालमा पनि दोस्रो विश्वयुद्धको बेला गलत सूचनाको शिकार नहोउन भनेर तत्कालिन राणा शासकले आम जनताले प्रयोग गरेको रेडियो दोस्रो विश्वयुद्ध अवधिभर जफत गरेको थियो । अहिले भारतीयले शासकहरुले पनि यसै सिद्धान्तलाई पछ्याउँदै गलत सूचनाहरुको प्रसारण गरेर आम जनतामा भ्रम सिर्जना गर्न खोजेको देखिन्छ ।
“कल्टिभेसन थेउरी”, जसकाे कुनै तुक छैन्
सञ्चार जगतमा अर्काे प्रभावकारी सिद्धान्त हो “कल्टिभेसन थेउरी” जसको आसय वा सिद्धान्त हुन्छ गलत कुरालाई पनि कयौँपटक प्रसारण गरिरह्यो भने त्यहि गलत कुरा सहि सावित हुन्छ । मुलतः भारतीय सञ्चार क्षेत्रमा यि तिनैवटा सिद्धान्तको अभ्यास भएको देखिन्छ । र हरेक खालको विषयमा कार्यक्रमकोे प्रस्तुतिकरण यिनै कुराहरुको मध्यनजर गर्दै विस्तारवादी, अहमतावादी र उग्रवादी दृष्टिकोणबाट मात्रै कार्यक्रमको सञ्चालन गर्ने गरिन्छ । अहिले पनि भारतमा मुख्य रुपमा हिन्दु र मुसलमानबीचमा सामुदायिक हिंसा भड्काउने खालको, अझ भनौँ मुसलमान सम्प्रदायलाई होच्याउने खालको सामाग्रीको प्रसारण गर्ने गरिन्छ भने हिन्दुत्ववादी विचारविरुद्ध कलम चलाउने पत्रकारहरुलाई ज्यानै समेत लिने गरेको देख्न सकिन्छ ।
थिचोमिचो गरेर शासन गर्ने खालको सिद्धान्त
भौगोलिक र जनसंख्याको हिसाबले भारत दक्षिण एसियाकै ठूलो मुलुक हो । ठूलो राष्ट्र भएको कारण ले साना राष्ट्रहरुमा प्रभाव पार्नु सामान्य कुरा हो । तर भारतले ठूला भएको अह्मताले साना राष्ट्रहरुलाई जे गरे पनि हुने भन्ने खालको थिचोमिचो गरेर शासन गर्ने खालको सिद्धान्तको अवलम्बन गरेको देखिन्छ । त्यसै स्वरुप भारतले सधैँभरि पाकिस्तान, भुटान बंगलादेश, श्रीलंका र नेपालललाई दवावमा राख्दै आईरहेको थियो र छ । उसो त नेपालको हरेक राजनितिक परिवर्तनमा विगत २००७ साल देखि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागिता जनाउँदै निर्णयक खालको भूमिका खेलिरहने भारतले सोहि बेला देखि नेपाललाई आफ्नो अनुकुलता अनुसार परिचालन गर्नथाले । उनकै सहयोगमा बनेको सरकारले भारतको विरोध गर्न सक्दैन थियो बरु सत्तमा टिकिरहन तत्कालिन सरकार प्रमुखहरुले सहमतिमा नै विभिन्न सिमानमा खुलेर आमन्त्रण गरेको थियो । टनकपुर, कोसी जस्ता सिमानाहरु भारतीयलाई खुसी पार्न कै लागि नेपाली राजनीतिकर्मीले बुझाएका थिए । अहिले पनि नेपालीले सो बारेमा केहि बोल्न सकिरहेको छैन । ठूलो मुलुक भएको कारणले सधैँ आफूलाई ठूलो दाइको रुपमा चित्रण गर्न खोज्ने र सधैँभरि अन्य राष्ट्रलाई हेपेर नै अगाडि बढ्ने उसको सिद्धान्त देखिन्छ । राजनीतिक विवाद हुँदा पटकपटक नाकाबन्दी गर्दै तर्साउने भारतको हेपाहा प्रवृित्तको परिणम नै अहिलेको विवाद हो भन्न सकिन्छ ।
भारत दक्षिण एसिया कै सबैभन्दा खराब पत्रकारिता गर्ने राष्ट्रको रुपमा १४२ औँ स्थानमा
देशको जनता कस्तो हुने भन्ने कुरा राज्यको सिद्धान्तले निर्भर गर्ने कुरा हो माथि प्रस्तुत गरेको वातावरणमा न त स्वतन्त्र पत्रकारको जन्म हुन सक्छ नत स्वच्छ खालको बहस नै हुनसक्छ । भारतीय पत्रकारिताको गुणस्तर हेर्ने हो भने विश्वसामु नै खस्कँदो र अविश्वासनियताको रुपमा लिईन्छ । विश्वभरिको २०० देशको पत्रकारिता क्षेत्रको अध्ययन गर्ने पत्रकारितको समूह Reporter without Border को तथ्यांक हेर्ने हो भने भारत दक्षिण एसिया कै सबैभन्दा खराब पत्रकारिता गर्ने राष्ट्रको रुपमा १४२ औँ स्थानमा छ भने चीन १२६ स्थानमा त्यसैगरी नेपाल ११२ स्थानसहित दक्षिण एसिया कै पत्रकारिताको लागि उत्कृष्ट राष्ट्रको रुपमा रहन सफल भएको छ ।
खै त नियम र आधारभूत सिद्धान्त ?
पत्रकारितको आधारभूत सिद्धान्त मात्रै मन्ने हो भने पनि ABC को अवधारणालाई मान्नु पर्ने हुन्छ । जसमा A को अर्थ Accuracy, B को अर्थ Balance र C को अर्थ Credibility भन्ने अर्थ हुन्छ । जस अनुरुप Accuracy को अर्थ यथार्थता, उपयुक्तता तथा शुद्धता भन्ने हुन्छ, अर्थात सञ्चार माध्यमले प्रसारण गर्ने हरेक विषयवस्तु शुद्धता हुनु आवश्यक हुन्छ । त्यसैगरि Balance को अर्थ बराबरी वा सन्तुलनमा राख्नु भन्ने हुन्छ, अर्थात सञ्चार माध्यमले कुनैपनि एक पक्षलाई मात्रै लिएर समचार सम्प्रेषण गर्नु हुँदैन दुबै पक्षलाई सन्तुलनमा राख्नु पत्रकारिताको अर्काे सिद्धान्त हो । र Credibility को अर्थ विश्वासनियता भन्ने हुन्छ । अर्थात सञ्चार माध्यमले विश्वास हुने गरि सत्यतथ्य विषयवस्तुको मात्रै प्रसारण गर्नुपर्ने हुन्छ ।
यति मात्रै हैन राज्यको सञ्चार माध्यमले कुनैपनि राज्यको सार्वभौमसत्तामा खलल पुर्याउने, सम्प्रदायमा घृणा वा हिंसा भड्काउने, तथा कुनैपनि फरफरक देशबीचमा असहमति हुँदा थप विवाद वा उत्तेजन बढाउने, खालको विषयवस्तु प्रसारण गर्नु हुँदैन भनेर पनि पत्रकारिता गर्ने हरेक सञ्चार गृह वा पत्रकारलाई नीति नियममा बाँधिएको हुन्छ । त्यसैगरी हरेक मुलुकमा पत्रकारितालाई नियमन गर्ने सूचना विभाग जस्ता सरकारी निकाए हुन्छन् । तर बिगत केहि हप्ता देखि भारतीय प्रमुख सञ्चार माध्यममा प्रसारण हुने नेपालको सीमासंग सम्बन्धित विवादहरुलाई भने एकतर्फी रुपमा नेपाललाई दोषी देखाउने खालको कमजोर, झुठा र नियोजित्संग सम्बन्धित कार्यक्रम वा विषयवस्तुमा भने नत यि सामान्य सिद्धान्तको अनुसरण गरेको पाईन्छ नत …. गरेको नै देखिन्छ । नेपालको विषयमा मात्रै हैन हरेक मुलुकसँगको सम्बन्धको सवालमा भारतीय अधिकांश सञ्चार माध्यामले अनावश्यक कुप्रचार गरेर गलत सूचनाको सम्प्रेषण गरिरहेको हुन्छन् ।
आखिर किन गर्छन त मिडियाले यसरी प्रचार? सबैभन्दा पहिला यि सिद्धान्तको बारेमा बुझौँ
तत्कालिन समयमा सञ्चारको अरु माध्यम नभएको कारणले आम सर्वसाधारण प्रसारण भएको जुनसुकै सूचनालाई सहि मान्न बाध्य हुन्थे । तर अहिले २१ औँ शतब्दीको मध्यसम्म आईपुग्दा सञ्चार माध्यममा पनि उल्लेख्य प्रगति भएको छ । एउटा मात्रै माध्यममा सीमित हुनुपरेको छैन । मानिसले आफूले चाहेको सूचना प्राप्त गर्ने थुप्रै बाटोहरु छनोट गर्ने सक्छन् । एउटै सूचनालाई फरक-फरक सञ्चार माध्यमबाट परीक्षण गर्न सक्छन् ।
प्रतिक्रिया