logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    सन् १८८४ मा पहिलो पटक प्रकाशित अक्सफोर्ड डिक्सनरी, यसका सबै शब्दहरू टाइप गर्न १२० वर्ष लाग्ने

    सन् १८८४ मा पहिलो पटक प्रकाशित अक्सफोर्ड डिक्सनरी, यसका सबै शब्दहरू टाइप गर्न १२० वर्ष लाग्ने

    काठमाडाैँ । जब हामी अंग्रेजीमा कुनै शब्दको बारेमा भ्रमित हुन्छौं, हाम्रो दिमागमा आउने पहिलो शब्द अक्सफोर्ड डिक्सनरी अर्थात शब्दकाेश हो । अक्सफोर्ड शब्दकोश हाम्रो जीवनको एक हिस्सा भएको छ । यो शब्दकोश पहिलो पटक फेब्रुअरी १, १८८४ मा आजको दिन प्रकाशित भएको थियो । यसको निर्माण सन् १८५७ बाट सुरु भएको हो ।

    त्यसबेला लन्डनको फिलोलोजिकल सोसाइटीका मानिसहरूले व्यवस्थित रूपमा अंग्रेजीको शब्दकोश तयार गर्ने विचार गरेका थिए । यसले ११ औं शताब्दीदेखि १८ औं शताब्दीसम्म प्रचलित एङ्ग्लो-स्याक्सन शब्दहरू समावेश गर्यो । त्यो समयमा यो ४ भाेल्यूममा उत्पादन भएको थियो । यसमा ६ हजार ४०० भन्दा बढी शब्दहरू समावेश थिए ।

    अक्सफोर्ड शब्दकोश तयार गर्न हजारौं मानिसहरूले योगदान दिए, तर सर जेम्स अगस्टस हेनरी मूरे र डा. विलियम चेस्टर माइनर सबैभन्दा प्रमुख थिए । शब्दकोशका लेखक हेनरी मूरे जहाँ थिए उही समयमा, अमेरिकी शल्यचिकित्सक डा. विलियम चेस्टर माइनरले अक्सफोर्ड शब्दकोशलाई मात्र १० हजार भन्दा बढी शब्दहरू दिए ।

    यो शब्दकोश प्रकाशित भएको ४० वर्षपछि सन् १९२८ मा पूरा भएको थियो । यस शब्दकोशमा ४ लाखभन्दा बढी शब्दहरू समावेश गरी १० खण्डमा तयार पारिएको थियो । यसको शीर्षक थियो ऐतिहासिक सिद्धान्तहरूमा नयाँ अंग्रेजी शब्दकोश । त्यसयता हरेक वर्ष अक्सफोर्ड शब्दकोशमा हरेक भाषाका शब्दहरू थपिने क्रम जारी छ ।

    यसरी यो शब्दकोश हरेक वर्ष अपडेट हुन्छ । सन् १९८४ मा शब्दकोशको इलेक्ट्रोनिक संस्करण ल्याउने विचार गरियाे । यसका लागि १२० जनाले शब्दकोशका शब्दहरू टाइप गरे । ५० प्रुफ रिडर राखिएको थियो । शब्दकोशको अनलाइन संस्करण सन् २००० देखि सक्रिय छ ।

    हाल अक्सफोर्ड शब्दकोशको २० खण्डहरू छन् । यसमा ६० मिलियन (6 करोड) शब्दहरू छन् । यसको वजन ६२ किलो भन्दा बढी छ । यो भनिन्छ कि यदि तपाईंले शब्दकोशमा समावेश गरिएका सबै शब्दहरू टाइप गर्नुभयो भने १२० वर्ष भन्दा बढी लाग्न सक्छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP