logo

  • २८ फाल्गुन २०८२, बिहीबार | Thu, 12 Mar 2026
  • Dark Mode

          Subscribe

    पाँचाैँ खेलमा पनि नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

    पाँचाैँ खेलमा पनि नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

    काठमाडौं । पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

    नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो ।

    नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक ९८ रन जोडिन् । उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन् । फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा नट आउट ४८ रन जोडिन् ।

    नेपालले ७ बलरको प्रयोग गरे पनि कुनै विकेट निकाल्न सकेन ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गरेको थियो ।

    नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । करियरको दोस्रो अर्धशतक पूजाले ४३ बलमा पूरा गरिन् ।

    करियरको पहिलो अर्धशतक गत वर्ष माल्दिभ्सविरुद्ध प्रहार गरेकी थिइन् । तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजाले ७८ रनको साझेदारी गरिन् । इन्दुले ३७ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडिन् ।

    रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी ७ रनमा नट आउट रहिन् । पुजा यस सिरिजमा अर्धशतक बनाउँने पहिलो नेपाली ब्याटर हुन् ।

    नेदरल्याण्ड्सका लागि आरिस विलिङले २ तथा कोरोलिङ डि लाङ र हेटर सिगर्सले समान १ विकेट लिए । नेदरल्याण्ड्ससँग खेलेका तीनै खेलमा नेपाल पराजित भएको छ ।

    ५ खेलमा ६ अंकका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ । ५ खेलमा अंकबिहिन नेपाल तालिकाको पुछारमा छ ।

    सिरिजमा नेपाल र नेदरल्याण्ड्सको अलावा थाइल्याण्डको पनि सहभागीता रहेको छ । सबै टोली एक आपसमा ३ खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधी जित्नेछ । अपराजित थाइल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP