logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    बुढासुब्बा गोल्डकप : एनआरटी फाइनलमा

    बुढासुब्बा गोल्डकप : एनआरटी फाइनलमा

    काठमाडौं । यूकेएफसी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एनआरटी फुटबल क्लब २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    धरान रंगशालामा बिहीबार भएको खेलको २८औँ मिनेटमा एनआरटीका शिशिर लेखीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले गिदोन नहाको पासमा गोल गरेका थिए । त्यस्तै, खेलको ४५औँ र ७६औँ मिनेटमा एनआरटीका शिशिर लेखीको पासमा प्रदीप बुढाथोकीले गोल गरे । यूकेएफसीका लागि हेमराज भुजेलले खेलको ३१औँ मिनेटमा सान्त्वना गोल गरे ।

    आजको खेलको ‘म्यान अफ दी म्याच’ एनआरटी फुटबल क्लबका लेखी घोषित भए । उनले १० हजार पुरस्कार प्राप्त गरे । अब शनिबार उपाधिका लागि एनआरटी फुटबल क्लब काठमाडौं र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले पाँच लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले एक लाख, सर्वाधिक गोलकर्ताले ३५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने छन् ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP