logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    क्यामेरा किन्न पत्रकारले ग्लोबल आईएमई बैंकबाट बिना धितो ऋण पाउने

    क्यामेरा किन्न पत्रकारले ग्लोबल आईएमई बैंकबाट बिना धितो ऋण पाउने

    काठमाडौं । ‍ग्लोबल आईएमई बैंक र राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)बीच क्यामेरा खरिदका लागि सम्झौता भएको छ । एनएफपीजेमा आबद्ध सदस्यहरूले क्यामेरा खरिदका लागि बिना ग्लोबल आईएमई बैंकबाट धितो ऋण पाउनेछन् ।

    आज एक कार्यक्रमका बीच बैंकका हेड ट्रान्जेक्सन प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौताअनुसार, एनएफपीजेमा आबद्ध पत्रकारले क्यामेरा खरिद गर्न दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् । बैंकले बिना धितो शून्य ब्याजदरमा ऋण उपलब्ध गराउनेछ ।

    ऋणका लागि नागरिकता, तलब प्रमाणपत्र र आय कागजात, बैंक स्टेटमेन्ट, फोटो र आवेदन फारम संकलन गरेर एनएफपीजेले सहजीकरण गर्नेछ ।

    अब एनएफपीजेमा आबद्ध फोटो पत्रकारले ६ देखि १८ महिनासम्म सरल किस्ताबन्दीमा न्युरोडस्थित जी एन्ड डी सप्लार्यसबाट क्यामेरा खरिद गर्न सक्नेछन् ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP