logo

  • ७ भाद्र २०८३, आईतवार | Sun, 23 Aug 2026
  • Dark Mode

          Subscribe

    वीर अस्पतालमा बिरामी कुरुवालाई निःशुल्क खाना सुविधा

    वीर अस्पतालमा बिरामी कुरुवालाई निःशुल्क खाना सुविधा

    काठमाडौं । वीर अस्पतालमा आजदेखी बिरामी कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ। समानुभूती नेपाल,सारा चिल्ड्रेन होम नेपाल तथा नवदुर्गा पार्टी भेन्युको सहकार्यमा बिरामी कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको हो।

    आजदेखि अस्पतालमा बिरामीको उपचारका लागि आएका बिरामी कुरुवाहरुलाई नियमित खाना खुवाइने नवदुर्गा पार्टी भेन्युका संचालक रुपक बानियाँले बताए। सेवा सुरु भएको पहिलो दिन २ सय कुरुवाहरुलाई खाना खुवाइएको छ।
    समानुभूती नेपालले विगत ५ वर्ष अगाडि देखि नै अन्य अस्पतालमा बिरामीका कुरुवालाई निशुल्क खानाको सुविधा दिदैं आएकोछ। उक्त संस्थाले साँझ ६ः ३० मा हरेक दिन यो सेवा दिदैं आएको बानियाँ बताउँछन्।

    कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल,गंगालाल अस्पताल,किर्तीपुर अस्पतालमा गत मंसिर देखी उक्त सेवाको थालनी गरिएको थियो।

    सामाजिक कार्यमा संलग्न तीन संस्थाहरुले बिरामी कुरुवाहरुलाई निशुल्क खाना दिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेत बताउँछन्। केन्द्रीय स्तरको वीर अस्पतालमा देशैभरिबाट आएका बिरामीका कुरुवाहरु यो सेवाबाट लाभान्वित हुन सक्ने उनले बताए।

    ‘वीर अस्पतालले बिरामीलाई निशुल्क खाना दिदैं आएको छ, कुरुवालाई भने त्यो व्यवस्था यसअघि थिएन,’ उनले भने, ‘टाढा–टाढाबाट वीर अस्पतालमा उपचारका लागि आउने विपन्न बिरामीहरुलाई राहत पुग्छ।’



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP