logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    आज नेपालले लेबनानसँग खेल्दै

    आज नेपालले लेबनानसँग खेल्दै

    काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत आज नेपालले दोस्रो खेल लेबनानसँग खेल्दैछ । दशरथ रंगशालामा हुने उक्त खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

    पहिलो खेलमा कीर्गिस्तानलार्य १-० गोलले पराजित गरेको नेपालले यो खेलमा जित निकाल्न सके एक खेलअगावै फाइनलमा स्थान सुरक्षित गर्नेछ ।

    एक खेलमा ३-३ अंब जोड्दै म्यानमार र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । अंकविहीन रहेका किर्गिस्तान र लेबनान तेस्रो र चौथो स्थानमा छन् ।

    नेपालले बिहीबार लेबनानलाई पराजित गरेको खण्डमा ६ अंक जोड्दै फाइनलमा स्थान बनाउनेछ । पराजित भएको खण्डमा भने नेपालले तेस्रो खेलको नजिता कुर्नुपर्ने हुन्छ ।

    तुलनात्मक रुपमा लेबनानभन्दा नेपाल बलियो टोली हो । फिफा वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन् । नेपाल र लेबनानबिच हालसम्म एउटा मात्रै खेल भएको छ ।

    उक्त खेल गत वर्ष फेब्रुअरीमा भएको वाफ च्याम्पियनसिपमा भएको थियो । उक्त खेलमा नेपालले लेबनानलाई २-१ गोलले पराजित गरेको थियो ।

    म्यारमार र कीर्गिस्तानविचको खेल दिउँसो २ बजे हुनेछ । उक्त खेलमा जित निकालेको खण्डमा म्यारमारले पनि फाइनलमा स्थान सुरक्षित गर्नेछ ।

    नेपाल कीर्तिस्तानविरुद्ध फिनिसिङमा चुक्दा १-० को साँघुरो जित निकालेको थियो ।

    खेलअघि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भोलिको खेल जित्नका लागि खेलिने बताए । कीर्गिस्तानविरुद्ध भएको कमजोरीलाई सुधारेर भोलिको गेम खेल्ने प्रशिक्षक तामाङले सुनाए ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP