logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    एआईबाट धार्मिक फोटो, भिडियो नबनाउन पुरातत्व विभागको अनुरोध

    एआईबाट धार्मिक फोटो, भिडियो नबनाउन पुरातत्व विभागको अनुरोध

    काठमाडाैं । एआईको प्रयोग गरेर धार्मिक आस्था माथि ठेस पुर्याउने देवीदेवताको फोटो तथा भिडियोहरू नबनाउन पुरातत्व विभागले अनुरोध गरेको छ ।

    सूचना निकाल्दै विभागले एआई प्रविधि प्रयोग गरी धार्मिक आस्था माथि ठेस पुर्याउने खालका फोटो तथा भिडियोहरु बनाई पोष्ट नगर्न अनुरोध गरेको हो ।

    ‘नेपाल धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाले सिंगारिएको देश हो । यहाँ रहेका धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदाहरुमा पछिल्लो समयमा संचार प्रविधिको दुरुपयोग गरी विभिन्न माध्यमबाट त्यस्ता सम्पदाहरुको मूल्य मान्यतामा गम्भीर असर पर्ने टिकटक बनाउने, सामाजिक संजालहरुमा देवीदेवताको तस्विरहरुमा एआई प्रविधि प्रयोग गरी धार्मिक आस्था माथि ठेस पुर्याउने खालका फोटो तथा भिडियोहरु बनाई पोष्ट गर्ने र यस्ता कार्यलाई प्रोत्साहित गर्न विभिन्न कमेन्टहरु गर्ने कार्यहरु व्यापक रुपमा भईरहेकोले त्यस्ता कार्यहरु नगर्नु/नगराउनु हुन अनुरोध गरिन्छ,’ विभागको सूचनामा भनिएको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP