शुसिलचन्द्र ज्ञवाली
आधुनिकीकरण सिद्धान्तले विकासाेन्मुख मुलुककाे आर्थिक विकासमा सिर्जनशील याेगदान दिन नसकेपछि आधुनिकीकरण प्रक्रियाका विरूद्धमा नव-माक्सवादी अर्थशास्त्रीहरूले परनिर्भरताकाे सिद्धान्त प्रतिपादन गरेका हुन् ।
परनिर्भरताका कारण विकसित देशहरूले अल्पविकसित देशहरूलाई परजीवीकाे रूपमा विकास गर्नु नै अल्पविकसित देशहरूकाे नियति नै हाे ।
विकसित देशकाे पुँजी, प्रविधि र विश्वव्यापीकरणकाे कारणले अल्पविकसित देशहरू विकसित देशकाे मुद्रा, पुँजि, प्रविधि, श्रम र स्राेतमा बढि निर्भर रहेकाे कारण अल्पविकसित देशहरू परनिर्भरतनकाे सिकारकाे चपेटामा परेका छन् ।
अल्पविकसीत देशहरूकाे मुख्य श्राेत कृषि हाे तर कृषि निर्वाहमुखी मात्र बनेकाे छ । कृषि क्षेत्रकाे बाहुल्यता भएका अल्पविकसित देशहरू विकसित देशहरूकाे प्रविधिकाे कारणले झन् शिथिलतातर्फ उन्मुख हुँदैछ ।
अल्पविकसित देशहरू नेपाल, भुटान,श्रीलङका, अफगानिस्तान ,पाकिस्तान लगायत देशहरूमा उद्याेगकाे संख्या न्यृ्न रहेकाे हुन्छ। आफ्नाे श्राेत र साधनकाे प्रयाेगबाट मात्रै देशकाे अर्थतन्त्र चलायामान गराउन नसकिने कारणले वैदेशिक साहायता लिनुपर्ने बाध्यता सिर्जना भएकाे छ ।
नेपाल दुई ठुला छिमेकी मुलुक चिन र भारतकाे विचमा अवस्थित भुपरिबेष्ठित र अल्पविकसित राष्ट्र हाे ।
नेपालकाे प्राथमिक क्षेत्र कृषि र कृषिप्रधान देश भएपनि निर्वाहमुखी कृषि क्षेत्रकाे रूपमा विकसित भएकाे छ । नेपालकाे अर्थतन्त्रकाे मेरुदण्ड नै रेमिट्यान्स हाे । नेपालकाे अर्थतन्त्र चलायमान हुनुकाे कारण नै वैदेशिक राेजगारी हाे ।
जुन मुलुक रेमिट्यान्सबाट धानिएकाे छ उही मुलुक नुनदेखि सुनसम्म आयात गर्छ । वस्तु उत्पादन नगन्य रूपमा रहेकाे छ । व्यापार घाटा वर्षाैँदेखि चलिरहेकाे छ ।
चालु आर्थिक वर्षकाे शुरू पाँच महिनाकाे अवधिमा मुलुककाे व्यापार घाटा ६ खर्ब व्यापार घाटा व्यहाेरेकाे छ । भन्सार विभागकाे तथ्यांक अनुसार साउनदेखि मंसिरसम्ममा ५ खर्व ९७ अर्ब ४४ कराेड १९ लाख रूपैयाँकाे व्यापारघाटा व्याेहाेरेकाे छ । चालु आर्थिक वर्षकाे पाँच महिनाकाे अवधिमा ६खर्व ६४ अर्ब ७४ कराेड ६४ लाख रूपैयाँकाे वस्तु आयात गरेकाे छ तर याे वर्षकाे साेही अवधिमा नेपालले ६७ अर्ब ३० कराेड ४५ लाख रूपैयाँकाे वस्तु निर्यात गरेकाे छ ।
यस्ताे अवस्था रहिरहदा पनि नेपाल जस्ताे कृषिप्रधान र जलस्रोतकाे धनी राष्ट्रले २२ अर्बकाे तरकारी र १६ अर्बकाे धान चामल आयात गरेकाे छ भने पेट्रोलियम पदार्थमा मात्रै १ खर्ब ९६ अर्ब ३६ कराेड रकम बाहिरिएकाे विभिन्न तथ्यांकबाट पुष्टि हुन्छ ।
नेपाल क्षेत्रफल र जनसंख्या हिसाबले सानाे मुलुक जहाँ जमिन, जङ्गल, जल र वनकाे धनी राष्ट्र विडम्बना रेमिट्यान्सबाट देशकाे अर्थतन्त्र चलिरहेकाे छ ।
अथाहा प्राकृति स्राेत र साधन भएकाे देश जहाँ राजनैतिक स्थाईत्व,पार्दसिता, भ्रष्टाचार नियन्त्रण, सुशासन, प्राविधिक जनशक्तिकाे विकास, जनसहभागिता र स्राेतकाे उचतम प्रयाेग बाट यति सानाे मुलक फेरि आत्मनिर्भर बन्न । राेजगारीकाे लागि विदेशिनुपर्ने बाध्यता हट्न सक्छ । सेताे सुन जलविद्युत निर्यात गरेर आमनागरिककाे जीवनस्त सुधार गर्न सकिन्छ । उद्याेग कलकारखानाकाे संरक्षण र विकास गरि स्वेदशलाई चाहिने वस्तु उत्पादन गरि परनिर्भरताकाे चङ्गुलबाट बाहिर निस्किन सकिन्छ र विकसित राष्ट्रकाे रूपमा फड्को मार्न सकिन्छ ।
प्रतिक्रिया