logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    अन्धविश्वासको पीडामा छाउपडी प्रथा

    अन्धविश्वासको पीडामा छाउपडी प्रथा

    तिलक बटाला

    नेपाली समाजको भौगोलिक विविधता र राष्ट्रिय अखण्डता अन्तर्गत बसोवास गर्ने जातजातिहरुको बहुलता उतिकै व्यापक छ । सबैको आ-आफ्नो संस्कार रीतिथिती एवम् परम्परा प्राकृतिक स्रोतको विविधता अनेकौँ किसिमका छन् ।

    हाम्रो समाजमा एउटै कोटिका देविदेवतामा पनि कुनैलाई एक प्रकारको र अर्कोलाई अर्को प्रकारको प्रसाद चढाउने परम्परा  चल्दै आएको छ ।  शाहाकारी र मांशाहारी देविदेवतामा पनि मादक प्रदार्थ चढाउनु पर्ने, दुध चढाउनु पर्ने, देवीदेवताहरु तथा समाजका व्यक्तिहरुले मनाउने चाडपर्व समेतका विविधताले गर्दा नेपाली समाज अलौकिक र अन्धविश्वासको पीडामा लम्किरहेको छ ।

    अहिलेको युग चलन चल्तीमा विज्ञान प्रविधि र ऐआइ चेतनाको हो । हाम्रो समाज अझै पनि जात जाति धर्ममा नै साक्षेप छ तर वैज्ञानिकतामा भने निकै पछाडी छ । हरेक समाजमा समस्या हुन्छन तर समाधानका लागि वैज्ञानिकता प्रयोग गरिँदैन ।

    हाम्रो नेपाली समाज अन्धविश्वास, सङ्कीर्णता, रूढिवादिता तथा पूर्वाग्रहबाट लिप्त छ । उसो त मानव सामाजिक रुपान्‍त्रण प्राणी हो । मानिस समाजमा जन्मिन्छ, समाजमा नै विलम्पित हुन्छ।

    यस्तै भिन्न-भिन्न मस्तिष्कमा डुबिरहेको सुदुरपश्चिमका जिल्लाहरु छन अछाम, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरा,  कञ्नचनपुर, डोटी, कैलाली र बझाङ लगाएतमा वसोवास गर्ने महिलाहरुले छाउ भएको समयमा दहि दूध खाएमा र घर तथा भाँडा कुडा छाेएमा देवता रिसाउछन् भन्ने अन्धविश्वासमा अहिले पनि यहाँका सर्वसाधारणहरु भुमरीमा बाँचिरहेका छन् ।

    नेपाली समाजमा सामाजिक कुप्रथा र मानसिको अन्धविश्वासले अझै पनि महिला माथिको लैङ्गिक हिंसा बढ्दै गएको छ ।

    नेपालको सामाजिक संरचनामा धेरै राम्रा, सकारात्मक र रचनात्मक पक्ष हुँदाहुँदै पनि केही कु-संस्कार र अन्धविश्वासले अशिक्षाको कालो अन्धाकार समाजमा गाडिएको छ । जसले सामाजिक विचलन मात्र होइन, कतिपय अवस्थामा विकासको मुहान पनि अवरुद्ध बन्दै गएका छन् ।

    अरुले भनेको वा गरेको कुरालाई सोच विचार नगरी विश्वास गर्नुलाई अन्धविवास र अन्धकारको जालो भन्‍ने बुझिन्छ । पम्पराका नाममा वैज्ञानिक रुपमा प्रमाणित नभएका चलन चल्तीलाई विश्वास गर्नु नै अन्धकारको भुमौरी हो । कतिपय समयमा विभिन्‍न रोग लागेको हुन्छ र विरामीलाई धामीझाँक्री कहाँ भुतप्रेत हो,  बोक्सी हो,  लैङ्गिक तथा जातीय विभेद, छुवाछुत, छाउपडी, दाइजो, कुमारी, कमलरी प्रथालगायत धेरै प्रथारूपी अन्धविश्वासले विरामीले सहि उपचार नपाई मृत्यु समेत हुने गरेको पाईन्छ ।

    समाज विकासको बाधकका रूपमा धेरै अन्धविश्वासको जालोले नेपाली समाजलाई अहिलेसम्म ठगिरहेको छ । जसमा विशेष गरी शैक्षिक र आर्थिक रूपमा कमजोर वर्ग यसको सिकार बनिरहेका छन्।

    सुदूरपश्चिमका नारीमा मासिक श्राव हुँदा छोइछाउ भएमा देउता रिसाउने भन्ने भ्रममा पर्दा घरबाट कैयौँ नारीको गोठमै ज्यान जाने गरेको तथ्य ज्युँका त्यूँ छन् । “जहाँ अन्धविश्वास छ त्यहाँ स्वतन्त्रता र समानता त छैन, मानिसले बाँच्नका लागी मौलिक हक पाए तर नैतिकता पाएनन” हामी दैवी शक्तिमा यति विश्वास गर्छौं कि आफ्नो प्राण नै दैवी हो तर त्यो सत्यता होइन ।

    यही अन्धविश्वासको कारण अशिक्षाभित्रको अँध्यारोमा बाँचिरहेका छौँ कि धर्मले कि कर्मले यससम्बन्धी कार्यक्रम नहुनाले अन्धविश्वास तथा रूढीवादी परम्परा हट्न सकेको छैन ।

    यस्तो अन्धविश्वासले ज्ञान वा बुद्धि हत्या गर्ने मन भ्रष्ट गर्ने काम गर्छ । व्यक्तित्व, अहमपन, विवेक, सोचाइ, क्षमता आदि सबै भ्रष्ट गरेर अन्धो बनाउँछ कि हामीले के गर्नुहुन्छ रु के गर्नु हुँदैन भन्ने कुरा नै थाहा हुँदैन । यसरी हाम्रो समाज पनि रूढीवादी धारणा र अन्धविश्वासको खाडलमा पुरिएको छ जसरी युद्धमा मान्छे पुरिन्छन् ।

    त्यसैले त प्राकृतिक प्रक्रिया महिनावारीप्रतिको अछुत धारणा अझसम्म गएको पाइँदैन । कल्पना, अनुमान र सोचाइले कतै छोइहाल्छ कि छोयो कि भनेर काम्न थाल्छ नेपाली समाज । धामीले फाइँफुइँ गरेपछि जुरुक्क उठ्छन् मान्छे । त्यही धामीले गर्ने कल्पना, अनुमान र सोचाइले कहिलेकाहीँ त्यही काम्ने रोग निको भयो भन्दैमा अन्धविश्वासमा रुमल्लिन्छन् ।उनीहरूलाई थाहा हुँदैन कि यो त दिमागमा गराउने अवलोकन, अध्ययन, निरीक्षण र निर्णयमा हुने त्रुटि र मस्तिष्कको छक्याउने जाल वा चाल मात्र हो ।

    तसर्थ समाजमा शिक्षा र चेतनाको स्तर माथि नउठेसम्म परम्परागत रूपमा जरो गाडेर बसेको अन्धविश्वासको पीडामा छाउपडी प्रथाले रूढिवादी परम्परा र अन्धविश्वासले राज गरिरहेने छ । मानव हितका लागि पुर्खाले गरेका आविष्कार, संस्कार, संस्कृति, धर्म र परम्परालाई बदलिँदो समयसँग अनुकूल बनाउन, हाम्रो संस्कार र संस्कृतिलाई वैज्ञानिक ढङ्गले स्थपित गर्न हाम्रा संस्कार, संस्कृति र परम्परामा क्रमिक सुधार र आंशिक परिवर्तन गरिनु अपरिहार्यजनक छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP