logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    पूर्वराजाको आह्वानपछि जुर्मुरायाे राप्रपा, कार्यसम्पादन समिति बैठक बस्दै

    पूर्वराजाको आह्वानपछि जुर्मुरायाे राप्रपा, कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौँ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार फागुन १५ गतेका लागि बैठक बोलाइएको छ ।

    पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको अन्तर्यबारे छलफल गर्न अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बोलाएका हुन् ।

    पूर्वराजाले आफ्नो शुभकामना सन्देशमा ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ जनतासँग आह्वान गरेका थिए । उनको यस्तो आह्वानपछि राप्रपा नेताहरु जुर्मुराएका छन् । वरिष्ठ नेता तथा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सामाजिक सञ्जालबाटै पार्टीको वैठक बोलाउनुपर्ने माग गरेका थिए ।

    यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको भिडियो सन्देशको विषयमा पनि स्वाभाविक रुपमा बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठकाे भनाइ छ । पूर्वराजाले देशको उन्नतिका लागि साथ दिन देशबासीलाई आह्वान गरेका थिए ।

    ‘राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्छ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ’,शाहको भनाइ थियो, ‘राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं ।’



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP