logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    एमालेको नेतृत्वमा केपी ओली रहेसम्म कम्युनिष्टहरूको एकता सम्भव छैन: प्रचण्ड

    एमालेको नेतृत्वमा केपी ओली रहेसम्म कम्युनिष्टहरूको एकता सम्भव छैन: प्रचण्ड

    जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको नेतृत्वमा केपी ओली रहेसम्म कम्युनिष्ट पार्टीको एकता सम्भव नरहेको बताएका छन् ।

    सोमबार जनकपुर विमान स्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले बामपन्थी एकताको निम्ति पहिला पनि धेरैं जोखिम उठाएर पार्टी एकता नै गरेको बताए । उनले भने, ‘चुनाव सँगै मिलेर लडेकै हो, जनताले पनि साथ दिएको हो तर एमालेको नेतृत्वमा केपीजी रहेसम्म नेपालमा कम्युनिष्ट एकता सम्भव छैन् ।’

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले सरकारमा आफूहरूको ध्यान नरहेको भन्दै उनले अहिले जनतामा गएर जागरण ल्याउने र नयाँ किसिमले पार्टी विस्तार गर्ने अभियानमा रहेको बताए ।

    उनले यो अभियान आफूहरूको लागि र देशको लागि जरुरी रहेको भन्दै उनले भने, ‘हामी पनि कहिले कांग्रेससँग, कहिले कोसँग मिल्दा उनीहरुको कल्चर हामीहरुमा पनि अलि सरेको जस्तो छ । हामी फेरी नुहाइधुवाइ गरेर जनतासँग फेरी जानुपर्यो ।’

    ‘सरकारले दुई-तिहाइ छ भन्ने गरेको छ । दुई तिहाइ भएको सरकारले अध्यादेशको बाटो हिँड्नै पर्ने थिएन । ६ दिनपछि सदन बोलाउनु छ भने ६ दिन अगाडि अध्यादेश ल्याउने बाट नै दुई तिहाई हुँदाहुँदै पनि यो सरकार कति कमजोर छ भन्ने प्रमाणित गर्छ ’, उनले अगाडि भने, ‘अहिले प्रस्तुत गरिसकेपछि त्यो रोक्नुपर्ने बाध्यता के हो भने उनीहरूसँग दुई तिहाई छैन भन्ने देखिन्छ, त्यस कारण राष्ट्रियसभामा बहुमत पुर्याउन पनि गाह्रो भएको छ उनीहरुलाई ।’

    अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टी नेपाल अहिलेसम्म भूमी सम्बन्धी या अध्यादेश सम्बन्धी विधी प्रक्रियासँग सम्बन्धित विषयमा अहिलेसम्म अडिएको भन्दै उनले भने, ‘मलाई लाग्छ उनीहरु अड्नुहुन्छ जस्तो लाग्छ । उनीहरु आफ्नो मुद्दालाई नै छोडेर खाली सरकारकै निम्ति जानुहुँदैन । हुन त उनीहरुको निर्णय गर्नु बाँकी नै छ । उनीहरुले यदी आफ्नो अडान छोडनु भएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दै छ ।’

    अध्यक्ष प्रचण्डले यो सरकार जनताको पक्षमा, राष्ट्रको पक्षमा, सुशासनको पक्षमा काम गर्नका लागि नबनेको भन्दै भने, ‘यो सरकार सुशासनकोविरुद्ध चलेको अभियान रोक्नलाई बनेको हो । यसबाट धेरैं राम्रो काम गर्ने आशा नै थिएन ।’

    उनले आफूले संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिँदा असफल भएपछि ३ मा गएर ठूलो दलको संविधान बन्नुपर्नेमा त्यसलाई मिचेर यो सरकार बनेकाले यो सरकार असंवैधानिक रहेको बताए ।

    अध्यक्ष प्रचण्डले यो सरकार लोकतन्त्र विपरित पनि रहेको बताए । ‘लोकतन्त्रमा सामान्यत विशिष्ट र अपवाद बाहेक पहिलो र दोस्रो दल मिलेर संसदीय लोकतन्त्र भएको ठाउँमा सरकार बनाउने चलन छैन । नजिकै भारतमा कांग्रेस र बिजेपी मिलेर सरकार बनाउने चर्चा पनि गर्दैनन्’, उनले अगाडि भने, ‘त्यसलाई उनीहरुले ठूलो लोकतन्त्र विरोधी ठान्छन् तर नेपालमा लोकतन्त्रको विपरित पनि भयो ।’



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP