logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न

    स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो २३औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत भएको छ ।

    साथै सोही सभाबाट ५ जना सञ्चालकहरू आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्।

    निर्वाचित सदस्यहरूमा आइएमई लिमिटेडबाट क्रमशः रविन कुमार नेपाल र सविन ढकाल, प्रभु
    बैंक लिमिटेडबाट रश्मी पन्त, ग्लोवल आईएमई बैंक लिमिटेडबाट अनिल जोशी र सिटी एक्सप्रेसबाट
    मनि ट्रान्सफर प्राइभेट लिमिटेडबाट सुभाष ज्ञवाली रहेका छन्।

    साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले पुनः रविन कुमार नेपाललाई अध्यक्ष चयन र स्वतन्त्र सञ्चालकको रुपमा मृगेन्द्र प्रधानलाई नियुक्त गरेको छ ।

    एससीटी विभिन्न बैंक, वित्तीय संस्था, तथा रेमिट्यान्स कम्पनीबाट प्रवर्धित तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालकका रुपमा स्थापित संस्था हो । यस संस्थाबाट एससीटी–यूनियन पे, भिसा, मास्टरकार्ड, डाइनर्स लगायतका कार्डहरु स्वीकार तथा जारी गर्ने गरिन्छ ।

    साथै स्मार्ट क्यूआर, मोबाइल बैंकिब सेवा तथा अन्तर बैंक रकमान्तर सेवा पनि प्रदान गर्दै आइरहेको छ । हाल २१ भन्दा बढी बैंक तथा वित्तीय संस्था तथा १०० भन्दा बढी सहकारी संस्थाहरुले एससीटी मार्फत विभिन्न डिजीटल भुत्तानीका सेवाहरु लिइरहेका छन्।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP