logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    ९ अर्ब माथिको सेयर कारोबार हुँदा १९.५६ अंकले बढ्यो नेप्से

    ९ अर्ब माथिको सेयर कारोबार हुँदा १९.५६ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।  नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ३.५४ अंकले बढेर ४५३.४२ विन्दुमा पुगेको छ।

    यसदिन ३०९ स्क्रिप्सको २ करोड ९ लाख  ८४ हजार ४४० कित्ता सेयर ९ अर्ब ४७ करोड ३ लाख ८ हजार २६६ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक दोहोरो अंकले बढ्दा आज ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    विन नेपाल लघुवित्त वित्तीय संस्था,गुराँस लघुवित्त वित्तीय संस्था,नेपाल फाइनान्स,जानकी फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले वृद्धि भएको हो।

    यसदिन  न्यादी हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो।

    कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा  रह्यो। सो कम्पनीको ३३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    यसैगरी सीईडीबी होल्डिङ्सको ३१ करोडको सेयर कारोबार हुँदा हिमालयन पावरको ३० करोड,न्यादी हाइड्रोपावरको २२ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.९४ प्रतिशतले बढ्यो। कारोबारमा आएकामध्ये १७६ स्टक्सको मूल्य बढ्दा ६३ वटाको  घट्यो। बाँकी ४ समूहको उपसूचक भने स्थिर रह्यो।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP