logo

  • २५ माघ २०८२, शनिबार | Sat, 07 Feb 2026
  • Dark Mode

          Subscribe

    पेट्रोलियम पदार्थकाे मूल्यमा घटबढ

    पेट्रोलियम पदार्थकाे मूल्यमा घटबढ

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।

    इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आइतबारदेखि लागू हुनेछ ।

    निगमका अनुसार नयाँ मूल्यअनुसार आइतबारदेखि काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP