logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    राष्ट्रिय सभामा पेश भएकाे सामाजिक सञ्जाल विधेयक के हाेला ?

    राष्ट्रिय सभामा पेश भएकाे सामाजिक सञ्जाल विधेयक के हाेला ?

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेको छ । आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले सामाजिक सञ्जाल विधेयक २०८१ पेश गरेका हुन् ।

    उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थीत,सुरक्षित र मर्यादीय बनाउनका लागि विधेयक ल्याइएको जानकारी दिए । सामाजिक सञ्जालको सही तवरले प्रयोग गरि सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाइ सामाजिक सञ्जालको प्रयोगलाई मर्यादीत बनाउन खोजिएको उनले बताए।

    त्यस्तै बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रिय सभाको अर्को बैठक सोमबार बोलाइएको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP