logo

  • २६ फाल्गुन २०८२, मंगलवार | Tue, 10 Mar 2026
  • Dark Mode

          Subscribe

    विश्व स्वास्थ्य संगठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

    विश्व स्वास्थ्य संगठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

    बुएनोस आइरेस । अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ। अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गरेको सीएनएनले जनाएको छ।

    ‘राष्ट्रपति (जेभियर) मिलेईले (विदेशमन्त्री) गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य संगठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिए’, एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एडोर्नीले भने, ‘हामी अर्जेन्टिनीहरू कुनै अन्तर्राष्ट्रिय संगठनलाई हाम्रो सार्वभौमिकतामा हस्तक्षेप गर्न दिनेछैनौं, विशेष गरी हाम्रो स्वास्थ्यमा।’

    एडोर्नीले अर्जेन्टिनाको निर्णयलाई ‘स्वास्थ्य व्यवस्थापनसम्बन्धी गहिरो मतभेदहरू, विशेष गरी महामारीको समयमा… जसले हामीलाई मानव इतिहासको सबैभन्दा लामो लकडाउन र केही राज्यहरूको राजनीतिक प्रभावको सामना गर्न स्वतन्त्रताको कमीमा पुर्‍यायो’, भने। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि यो घोषणा आएको हो।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP