logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    अमेरिकामा रहेका भारतीयहरूलाई पहिलो पटक यसरी देशनिकाला

    अमेरिकामा रहेका भारतीयहरूलाई पहिलो पटक यसरी देशनिकाला

    एजेन्सी । गैरकानुनी रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गरेको आरोपमा देशनिकाला गरिएका झन्डै १०० भारतीय बोकेको एउटा सैन्य विमान भारतको पन्जाब राज्यमा अवतरण गरेको छ।

    मङ्गलवार टेक्सस राज्यबाट उडेको उक्त विमान अमृतसर पुगेको छ। त्यहाँ उनीहरूको अध्यागमन प्रक्रिया अगाडि बढाइएको भारतीय अधिकारीहरूले जनाएका छन्।

    डोनल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा रहेका भारतीयहरूलाई पहिलो पटक यसरी देशनिकाला गरिएको हो।

    भारतबाहेक ब्रजिल, ग्वाटेमाला, पेरु र होन्डुरसका नागरिकहरूलाई पनि यसरी सैन्य विमानमा राखेर निकाला गरिएको थियो। डोनल्ड ट्रम्पले कोलम्बियाका अवैध आप्रवासीहरूलाई सेनाको विमानमार्फत् उनीहरूको देश फर्काउने घोषणा सुरुमा गरेका थिए। तर कोलम्बियाका राष्ट्रपतिले त्यसको चर्को विरोध गरेका थिए।

    उनले आफ्नो देशका नागरिकको ‘गरिमा’ कायम राख्न आफूले चाहेको धारणा राखेका थिए। त्यसपछि कोलम्बियाको वायुसेनाका दुई विमान अमेरिका गएका थिए र उनीहरू अवैध आप्रवासीहरूलाई लिएर फर्किएका थिए।

    त्यसअघि ब्रजिलका अवैध आप्रवासीहरूलाई फिर्ता लिएर जान लागेको अमेरिकी सेनाको एउटा विमानका केही तस्बिरहरू सार्वजनिक भएका थिए। त्यसमा मानिसहरूलाई हतकडी र पैतालामा पनि सिक्री लगाइएको देखिएको थियो।

    ती तस्बिर सार्वजनिक भएपछि ट्रम्प प्रशासनको निन्दा भएको थियो। त्यसपछि डोनल्ड ट्रम्पले अमेरिकी सेनालाई प्रयोग गरेर अवैध आप्रवासीहरूलाई उनीहरूकै देश फर्काउने काम गरिरहेका छन्।

    अहिले अमेरिकी सेनाका विमानको प्रयोग गरेर भारतीय आप्रवासीहरूलाई देशनिकाला गरिएको हो।

    अमेरिकामा गैरकानुनी रूपमा आफ्नो मुलुक प्रवेश गरेको ठानिएका झन्डै १८,००० भारतीय नागरिकको पहिचान गरेको बताइन्छ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP