logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    फागुन महिनामा बैंककाे ब्याज कुनमा कति ?

    फागुन महिनामा बैंककाे ब्याज कुनमा कति ?

    काठमाडौँ । फागुन महिनामा अधिकांश बैंकहरुले ब्याजदरलाई स्थिर राखेका छन् । बुधबार प्रकाशित नयाँ ब्याजदर तालिका अनुसार सबैजसो बैंकले माघको ब्याजदरलाई नै निरन्तरता दिएका हुन् ।

    साधारण बचत खाताको ब्याजदर एकवर्षे संस्थागत र मुद्दती खाताको ब्याजदर हेर्दा सबै बैंकको माघको ब्याजदरलाई नै कायम गरेको देखिन्छ । लामो अवधिको ब्याजदरका लागि भने केही बैंकले ब्याजदर समायोजन गरेको देखिएको छ ।

    यो अनुसार अहिले साधारण बचत खातामा एनआईशी एशिया बैंकले दिने ३.१० प्रतिशत ब्याजदर नै सर्वाधिक देखिएको छ भने अधिकांश बैंकको ब्याजदर ३ प्रतिशत नै छ । बैंकहरुले बेशेष प्रकारका बचत खातामा साधारण बचत खाताको तुलनामा २ प्रतिशत र रेमिट्यान्स खातामा थप १ प्रतिशतसम्म बढी ब्याजदर दिन पाउँछन् ।

    एकवर्षे मुद्दती खातामा प्राइम कमर्शियल बैंकले ६ प्रतिशत ब्याजदर तोकेको छ । यो नै सबैभन्दा धेरै हो । एनएमबि र राष्ट्रिय वाणिज्य बैंकले दिने ४ प्रतिशत ब्याजदर सबैभन्दा न्यून हो ।

    संस्थागत मुद्दती खातामा सानिमा बैंकले दिने ४.३० प्रतिशत ब्याजदर नै सबैभन्दा धेरै हो । यो खातामा ६ बैंकले ३ प्रतिशत ब्याजदर तोकेका छन् जुन सबैभन्दा कम हो । एक वर्ष भन्दा कम र बढी अवधिको लागि भने यो ब्याजदर केही फरक तोकिएको छ ।



    सम्वाददाता सम्वाददाता




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP