logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    यस्तो छ आजको मौसम

    यस्तो छ आजको मौसम

    काठमाडौं । आज पनि देशका केही भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान मध्य र पूर्वी तराईका जिल्लाहरूमा हुस्सु/कुहिरो लागेको छ । जसका कारण जनजीवन केही प्रभावित भएको छ ।

    यस्तै,  कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भने देशका अन्य भागमा मुख्यतया मौसम सफा छ ।

    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    हुस्सु/कुहिरो लागेको क्षेत्र र हिमपातको सम्भावना भएको स्थानमा यात्रा वा काम गर्दा सतर्क रहन महाशाखाले सचेत गराएको  छ ।



    गाउँ सहर सम्वाददाता गाउँ सहर सम्वाददाता




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP