logo

  • २८ फाल्गुन २०८२, बिहीबार | Thu, 12 Mar 2026
  • Dark Mode

          Subscribe

    सशस्त्र प्रहरीको जागिर छाडेर अस्ट्रेलिया उडिन् भलिबल खेलाडी सरस्वती

    सशस्त्र प्रहरीको जागिर छाडेर अस्ट्रेलिया उडिन् भलिबल खेलाडी सरस्वती

    काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी चर्चित खेलाडी सरस्वती चौधरी सशस्त्र प्रहरी बल (एपिएफ) को जागिर छाडेर अस्ट्रेलिया गएकी छन् ।

    राष्ट्रिय टोली र एपिएफकी रोजाईकी स्पाइकर सरस्वती यसअघि केही समयका लागि अस्ट्रेलिया गएकी थिइन् । हालै पोखरामा सम्पन्न टाइगर कप भलिबल खेल्न नेपाल आएकी सरस्वती प्रतियोगिता सकिए लगत्यै एपिएफको जागिर समेत छाडेर पुन: अस्ट्रेलिया फर्किएकी हुन् ।

    सरस्वती आठ वर्ष अगाडि एपिएफको सेवामा प्रवेश गरेकी थिइन् । पोखरामा भएको टाइगर कपको फाइनलमा एपिएफ आयोजक टाइगर ग्रुपसँग पराजित भएको थियो ।

    सरस्वतीले सन् २०१७ मा राष्ट्रिय महिला भलिबल टोली डेब्यू गरेकी थिइन् । सरस्वतीलाई एपिएफ क्लबका खेलाडीले बिदाइ गरेका थिए ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP