दोधारा चाँदनी (कञ्चनपुर) । पहिला दिनभर मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक एक हजार आम्दानी गर्न थालेकी छन् ।
घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैं घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन् । ‘दिनभर पुरुषसरह मजदूरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफैं मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ’, पार्वतीले भनिन्, ‘दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ ।’ उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताइन् ।
‘सुरुमा मजदुरी गर्थे दिनको पाँच सय मात्रै ज्याला पाउँथे । अहिले आफैं घर निर्माणको ठेक्का लिन थालेकी छु’, डगौराले भनिन्, ‘अहिले आफूले मिस्त्रीको काम गर्दा दैनिक एक हजार आम्दानी हुन्छ ।’ राज मिस्त्रीको तालिम सकिनेबित्तिकै गाउँमा एउटा घर निर्माणको ठेक्का मिलेको उनको भनाइ छ ।
‘मजदुरी गरेर मात्रै घरखर्च धान्न गाह्रो भयो अब आफैं मिस्त्रीको काम गर्नुपर्छ भनेर हिम्मत गरें’, उनले भनिन्, ‘मैले महिला पुरुष दुवैको ज्याला समान गरेकी छु । आफूले भोगेको जस्तो ज्यालामा विभेद गरेको छैन ।’
दोधारा चाँदनी (कञ्चनपुर) । पहिला दिनभर मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक एक हजार आम्दानी गर्न थालेकी छन् ।
घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैं घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन् । ‘दिनभर पुरुषसरह मजदूरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफैं मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ’, पार्वतीले भनिन्, ‘दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ ।’ उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताइन् ।RSS
प्रतिक्रिया