logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    अबकाे चार दिन काठमाडौंकाे यी स्थानमा जानेछ दैनिक पाँच घण्टा बिजुली

    अबकाे चार दिन काठमाडौंकाे यी स्थानमा जानेछ दैनिक पाँच घण्टा बिजुली

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अबका चार दिन दैनिक पाँच घण्टाका दरले विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्रमा बिजुली अवरुद्ध हुनेछ । प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।

    माघ २७ गते जोरपाटी वितरण केन्द्रअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मका क्षेत्र र माघ २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

    विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP