logo

  • २७ फाल्गुन २०८२, बुधबार | Wed, 11 Mar 2026
  • Dark Mode

          Subscribe

    खोप लगाउन मान्दैनन् राउटे

    खोप लगाउन मान्दैनन् राउटे

    काठमाडाैं । यही माघ २२ गते मङ्गलबार राउटे समुदायमा नयाँ सदस्य वराहताल शाहीको जन्म भयो । त्यसभन्दा अगाडि दुई जना बालबालिकाको जन्म भयो तर ती तिनै जना बालबालिकाले लगाउनुपर्ने क्षयरोगविरुद्धको बिसिजी खोप लगाएनन् । उनीहरू मात्र होइन, राउटे समुदायका कुनै पनि सदस्यले सरकारले निर्धारण गरेका खोप लगाउनै मान्दैनन् ।

    सरकारले १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउने राष्ट्रिय कार्यक्रमको सन्दर्भमा राउटे बालबालिकाले कुनै पनि खोप लगाउन नमानेको बताइएको छ ।
    सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाका अनमी अन्जु पन्तले सरकारले सञ्चालन गर्ने विभिन्न खोप कार्यक्रममा राउटेलाई सहभागी गराउने प्रयास गरिए पनि सफल हुन नसकेको बताइन् । गोरखापत्रमा खबर छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP