काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा राष्ट्रिय सभामा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पेस भएको छ । बिहीबारको सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त विधेयक पेस गरेका हुन् ।
विधेयक पेस गर्ने क्रममा मन्त्री दाहालले सामुद्रिक कानुन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, १९८२ अनुसार समुद्रमा तटीय मुलुकको मात्र नभई भूपरिवेष्टित मुलुकको समेत समान अधिकार सुनिश्चित भएको बताए । तर पानी जहाज दर्ता ऐन, २०२७ लागु भए पश्चात् दर्जनौँ अन्तर्राष्ट्रिय महासन्धिहरू लागू भई सकेको र ती महासन्धिहरूका प्रावधानहरू उक्त ऐनले नसमेट्ने हुँदा नेपाली ध्वजावाहक पानीजहाज दर्ता गर्न सकिने अवस्था नदेखिएको उल्लेख गरे।
प्रतिक्रिया