logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    सम्बन्धविच्छेदपछि एलिनाले भनिन्-‘तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु’

    सम्बन्धविच्छेदपछि एलिनाले भनिन्-‘तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु’

    काठमाडौं। गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छिन् । मंगलबार गायिका चौहानले औपचारिक रुपमै पतिसँग सम्बन्धविच्छेद भएको सामाजिक सञ्जालमार्फत बताएकी हुन् ।

    उनले फेसबुकमा लेखेकी छिन्, ‘आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।’ उनले पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति पनि विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको बताएकी छिन् ।

    ‘पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।’ उनले भनेकी छिन् । विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह नहुने भन्‍दै उनले यसका लागि भावनात्मक मिलन, आपसी विश्वास र समझदारी हुनपर्ने बताएकी छिन् ।

    ‘तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ’, उनले लेखेकी छन्, ‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन, अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ।’

    एलिनाले विष्णुलाई अहिले पनि अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाका डोबहरू ताजै रहेको भावुक सन्देश दिएकी छन् ।

    ‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरु अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरीका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्’, उनले अगाडि लेखेकी छन्, ‘हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।’

    उनले आफू रहरले नभई बाध्‍यताले छुट्नु परेकी बताउँदै भनेकी छन्, ‘ यो रहरले होईन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।’ अन्तिममा उनले भनेकी छिन्, ‘तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु’



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP