logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    कविता : नगरौँ धुम्रपान

    कविता : नगरौँ धुम्रपान

    चुरोट, बिँडी, हुक्काले फोक्सो कालो पार्दछ
    थाहै नपाइ लत बसि क्यान्सर बनाइ मार्दछ
    विस्तारै विस्तारै शरीरमा बढ्दै जान्छ रक्तचाप
    चुरोट सेवन गर्नेलाई हुन जान्छ हृदयघात ।

    चुरोट खाने बानीले आयु छोटो पार्नेछ
    रोग लागेपछि सम्पतिको नाश गर्नेछ
    धुम्रपानको धुँवाले वातावरण दूषित पार्दछ
    गर्भवती महिला र बच्चालाई असर गर्दछ ।

    मृत्युलाई किन बोलाउनु चुरोटको खिल्ली बोकेर
    सुर्तीजन्य पदार्थले बाँच्नुपर्छ खोकेर
    महिला पुरुष भन्दैन, बच्चा वृद्धा देख्दैन
    जीवनलाई प्रेम गर्नुहोस् उपचारले नि छेक्दैन ।

    चुरोटको धुँवाले सधैँँभरि सताउछ
    नटेरी बसे यमराजले अन्तिम पत्र पठाउछ
    फोक्सो, मुटु कलेजो, आँखा दाँत, दिमाग
    असर गर्छ हामीलाई अब जाग न जाग ।

    आयु घट्छ दुई महिना चुरोट खाँदा वर्षमा
    अहिले गर्नुस् अठोट, बढ्नेछ आयु हर्षमा
    धुम्रपान कहिल्यै नगर्ने गरौँ अब संकल्प
    स्वस्थ जीवन जिउने भए अपनाउनुस् विकल्प ।

    जीवन सित्तैमा आउदैन चुरोट सेवन नगरौँ
    आफू र आफ्नो परिवारको स्वास्थ्यको पनि ख्याल गरौँ ।
    नतोकौँ भाका भोलीलाई आजै छोड्नुस् सुर्ती
    केही दिनमै थाहा हुन्छ तपाईँको शरीरको स्फूर्ती ।

    जिम्मेवारी सबैको स्वस्थ समाज बनाउने
    धुम्रपान विरुद्ध सचेतना फैलाउने
    बालबालिका अभिभावक मिली गरौँ हातेमालो
    स्वस्थ समाज बनाउदै धुम्रपानको फालौँ जालो ।

    नाम – शिवांशी खड्का
    कक्षा – ४
    विद्यालय – बागमती बोडिङ्ग सेकेण्डरी स्कुल, सुकेधारा काठमाडौं

     



    शिवांशी खड्का शिवांशी खड्का




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP