logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    सत्तारुढ दलबीच ६ फागुनमा अध्यादेश निर्णयार्थ पेस गर्ने सहमति

    सत्तारुढ दलबीच ६ फागुनमा अध्यादेश निर्णयार्थ पेस गर्ने सहमति

    काठमाडौँ । सत्तारुढ दलहरूबिच ६ फागुनमा बस्ने राष्ट्रियसभामा सरकारले जारी गरेका अध्यादेश पेस गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ दलहरूको बैठकमा ६ फागुनमा राष्ट्रियसभामा निर्णयार्थ पेस गर्ने सहमति बनेको हो ।

    गृहमन्त्री रमेश लेखकले फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताएका हुन् ।सरकारले जारी गरेको अध्यादेहरू संघीय संसदको दुवै सदनका दर्ता भइसकेको र सत्तापक्षीय दलहरुबीच पारित गर्ने सहमति बनेको उल्लेख गरे ।

    सत्तारुढ दलहरुबीच सरकारले ल्याएको अध्यादेशहरु पारित गर्ने बारेमा शनिबार छलफल भएको हो। छलफल सकारात्मक रहेको र अध्यादेश छिटै स्वीकृत हुने मन्त्री लेखकले बताए।

    गृहमन्त्री लेखकले भने, ‘सरकारले जारी गरेको अध्यादेहरु संघीय संसदको दुवै सदनका दर्ता भएका छन्। ति अध्यादेशहरु संघीय संसदको दुवै सदनबाट स्वीकृत गराउनुपर्ने भएकाले त्यसै विषयमा केन्द्रित भएर छलफल भएको छ। अरु समसामयिक राजनीतिक विषयमा पनि छलफल भएका छन्। मुख्य रुपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउनेबारेमा छलफल भएको छ। छलफल सकारात्मक छ। सकारात्मक रुपले निस्कर्षमा पुगेको छ। अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ, सबै राजनीतिक दलहरु हामी सहमत भएका छौँ। यो प्रक्रिया चाँडै अघि बढ्छ।’

    गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा छलफल अघि बढाउने गरी कार्यदल बनाउन सहमत भइसकेको बताए। संविधान संशोधन सबै राजनीतिक दलहरुसँग संवाद, सहकार्य गरेर अघि बढ्ने बताए।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP