काठमाडौं । स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात् सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रूपमा नियुक्त भएका छन् ।
विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथामार्फत उनीहरूका घर आँगन र परिवारसम्मै पुर्याउन मद्दत गर्नेछन् ।
नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व बजारमा पुर्याएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अब साईग्रेसको आवाजमा सुन्न पाइने छ ।
कामको बाध्यता होइन कामको हुटहुटीले पनि विदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाणसमेत साईग्रेसको आवाजमा मिसिएको कथाले व्यक्त गर्ने कम्पनीको बुझाई छ ।
प्रतिक्रिया