logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    माैसम : कुन प्रदेशमा कस्ताे रहला ?

    माैसम : कुन प्रदेशमा कस्ताे रहला ?

    काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

    तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ ।

    विभागले सातवटै प्रदेशका आंशिक बदली रहने जनाएको छ । पाँचवटा प्रदेशमा हिमपातको सम्भावना छ । मधेस र लुम्बिनीबाहेकका पाँचवटा प्रदेशमा हिमपातको सम्भावना रहेको हो ।

    विभागका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । भारी हिमपातको भने सम्भावना छैन ।

    सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । राति भने यो प्रदेशमा बदलीमात्र हुनेछ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP