खोटाङ । डिभिजन वन कार्यालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घरका स्थानीय किसानलाई मौरीका आधुनिक घार उपलब्ध गराएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डीसीआरएल) सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध किसानलाई मौरीका आधुनिक घार निःशुल्क उपलब्ध गराइएको हो ।
प्रतिक्रिया