logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    शेयरबजार : नेप्से र कारोबार रकम दुवै बढ्याे

    शेयरबजार : नेप्से र कारोबार रकम दुवै बढ्याे

    काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज ६.५४ अंकले बढेर नेप्से दुई हजार ६८३ दशमलव ८६ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

    पछिल्ला ५ कारोबार दिनदेखि घटेर बन्द भएको नेप्से यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

    यस दिन नेप्से परिसूचक ६.५४ अंक बढेर २६८३.८६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.५४ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ।

    यस्तै आज कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ९६ करोडको एक करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर किनबेच भएकोमा आज ७ अर्ब २४ करोड रुपैयाँ बराबरको १ करोड ४९ लाख ६८ हजार २५८ कित्ता शेयर कारोबार भएको छ ।

    यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ ।

    कारोबार रकमका आधारमा यस दिन सिईडिबि होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३६ करोड ८१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन न्यादी हाइड्रोपावरको ३५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP