logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    साताको अन्तिम दिन शेयर बजार ७ अंकले घटेर बन्द

    साताको अन्तिम दिन शेयर बजार ७ अंकले घटेर बन्द

    काठमाडौँ । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा पुगेको छ । नेप्से ०.२७ प्रतिशतले घट्दा कारोबार पनि घटेको छ ।

    आज ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता शेयर कारोबार भएको छ । नेप्से घट्दा ७६ वटा कम्पनीको मूल्य बढेको छ भने १६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    यस्तै ३०२ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ८३५ पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूह घटेको छ । सबैभन्दा बढी फाइनान्स समूह १.८८ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.१७ प्रतिशतले बढेको छ । लगानी समूह भने ०.५२ प्रतिशतले बढेको छ ।

    आज सबैभन्दा बढी विकास बैंक समूह ०.९५ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.०१ प्रतिशतले घटेको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP