logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    नेप्सेमा सामान्य अंकको सुधार हुँदा ८ अर्ब बढीको कारोबार

    नेप्सेमा सामान्य अंकको सुधार हुँदा ८ अर्ब बढीको कारोबार

    काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३.१४ अंकले बढेर २ हजार ७ सय ४३ दशमलब ७४ विन्दुमा बन्द भएको हो ।

    नेप्सेका अनुसार आज ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ८१ कम्पनीको शेयरमूल्य बढ्दा १५८ को घटेको छ भने ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    आजको कारोबारमा तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, वीन नेपाल लघुवित्त र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP