logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन् : अमेरिकी दूतावास

    एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन् : अमेरिकी दूतावास

    काठमाडाैँ । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का भुक्तानी लगायत गतिविधिहरू अस्थायी रूपमा रोकिएको बताएको छ ।

    अमेरिकी दूतावासले एमसीसीको समीक्षा पूरा भएपछि आगामी कदमबारे नेपाल सरकारसँग छलफल गर्ने पनि बताएको छ ।

    एमसीसीले २ फागुनमा इमेल लेखी नेपाल सरकारसँग भएको कम्प्याक्टअन्तर्गत कार्यान्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी फन्डबाट हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगन सम्बन्धी कार्यकारी आदेश अनुसार रोकिएको भन्ने जानकारी मंगलबार अर्थ मन्त्रालयले गराएको थियो ।

    अमेरिकी दूतावासले एमसीसीले राष्ट्रपति ट्रम्पका कार्यकारी आदेशहरू र अफिस अफ म्यानेजमेन्ट एन्ड बजेट (ओएमबी) को निर्देशन पालना गरिरहेको जनाएको छ ।

    सरकार र एमसीसीबीच २९ भदौ २०७४ मा भएको कम्प्याक्ट अनुसार प्रसारण लाइन, सबस्टेसन तथा सडक सुधार परियोजना सञ्चालन भइरहेको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP