“अभावै अभावले बित्ने भो जीवन ” नामुद साहित्यकारले खुइ्या गरे ।
“लेख्न मन लाग्छ , नवीनतम् सिर्जना फुरिरहन्छ तर के गर्नु अहिले पाण्डुलिपि मै सिमित भए ।” फेरी थपे
अर्को नव साहित्यकारले सान्त्वना दिदै थिए । ” हरेस नखाई लेख्दै गर्नुहोस् , कुनै न कुनै उपाय त पक्कै लाग्ला नि ?”
” माता सरस्वतीको अपार स्नेह पाए तर लक्ष्मी माताको साथ भने कहिल्यै रहेन ।” पहिलाले वैराग्य स्वरमा भने ।
यसरी बिचलित भएर कहाँ हुन्छ ? तपाईंको कत्रो मान , इज्जत छ , फेरी हजुरले नै हरेस खाए पछि हाम्रो झन के होला ? अर्काले ढाडस दिए ।
दुई दर्जन पुस्तक निस्किसक्यो , जेनतेन धाने तर अब त उपाय नै लागेन । बुढ्यौली सबै सके , परिवारलाई भनौ भने किन छाप्नु पर्यौ, तात्तो न छारो , अहिलेको जमानामा त नाफामुखी काम पो गर्ने हो भनेर थर्काउछन्
लाउन खान भन्दा पनि यसैमा रस बस्यो , घरकाले कोठै भरियो किताबले भन्दै कराउँछन् । “कागलाई बेल पाक्यो हर्ष न विस्मात ! ” पहिलाले लामो सास लिए ।
अर्काले थप्यो, ” साहित्यकारको मर्म बुझ्नु र देशमा भष्टाचार रोकिनु एकै हो ।”
प्रतिक्रिया