logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    लोक साँस्कृतिक संरक्षण समिति पोखरा– २६ ले बालन प्रस्तुत गर्ने

    लोक साँस्कृतिक संरक्षण समिति पोखरा– २६ ले बालन प्रस्तुत गर्ने

    पोखरा । लोक साँस्कृतिक संरक्षण समिति पोखरा– २६ ले महा शिबरात्रीको अवसर पारेर कृष्ण लिलामा आधारित बालन प्रस्तुत गर्ने भएको छ ।

    पत्रकार भेटघाटका क्रममा समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेनाले संस्कृतिको संरक्षणमा आफूहरु विगतदेखि नै जुटेको बताउँदै बालन संरक्षणमा सहयोग पुग्ने हेतुले कार्यक्रम गर्न लागिएको बताए ।

    आयोजक समितिका सह संयोजक एवम् उज्ज्वल आमा समूहकी अध्यक्ष सरस्वती गौतमले स्वागत गर्दै भरपुर सहयोगको अपेक्षा गरिन् । उक्त अवसरमा प्रचार संयोजक बसन्त बञ्जारा र अर्थ संयोजक रामजी बराल र अतिथि सत्कार संयोजक खेमप्रसाद भण्डारीले आआफ्नो कार्यका प्रगति अवस्था बारे जानकारी गराएका थिए ।

    बालन नाच साँस्कृतिक प्रतिष्ठान छोरेपाटन कास्कीको समन्वयमा यो कार्यक्रम गरिन लागेको हो । बालन नाच साँस्कृतिक प्रतिष्ठानका ५५ जना कलाकारले प्रस्तुत गर्ने उक्त नाच रामज्योति माविको प्राङ्गणमा देखाइने भएको छ ।

    कार्यक्रम सम्पन्न गर्न करीव ५ लाख बराबरको खर्च अनुमान गरिएको छ । उज्ज्वल आमा समूहकी सचिव तारा शर्मा ढकालले धन्यवाद ज्ञापन गरेकी थिइन् भने लेखनाथ पत्रकार मञचका अध्यक्ष कविराज खनालले पनि बोलेका थिए ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP