logo

  • २७ फाल्गुन २०८२, बुधबार | Wed, 11 Mar 2026
  • Dark Mode

          Subscribe

    नेपाली आँगनभरि छरिएर रहेको औषधी

    नेपाली आँगनभरि छरिएर रहेको औषधी

    प्रायः हामी आफूनजिक र वरपिरि छरिएका राम्रा वस्तुरऔषधी देख्दैनौँ। तर, जब त्यही वस्तुरऔषधी विदेशबाट प्याकेटमा आउँछन्, तब हामी धेरै रकम खर्चेर किन्छौं।
    हो, त्यस्तै एउटा प्राकृतिक औषधी हो, सूर्यको किरण, जुन दिनको करबि १२ घन्टा हामीसँगै हुन्छ। तर, त्यो औषधी हो भन्ने हामीलाई ज्ञान नै छैन। त्यसैले तुलनात्मक रूपमा अन्यत्रभन्दा बढी घाम लाग्ने गरे पनि हामीलाई भिटामिन ‘डी’ को कमी भइरहेको हुन्छ। जबकि, भिटामिन ‘डी’ सूर्यको किरणबाटै पाइन्छ।

    भिटामिन ‘डी’ दाँत र हाडका लागि अति जरुरी हुन्छ। यसको कमीले शरीरमा क्याल्सियमको शोषण कम हुन्छ र विभिन्न शारीरकि समस्या निम्तिन सक्छ। भिटामिन डी’ को कमीले बालबालिकाको हातखुट्टा बाँगिने समस्या ‘रिकेट्स’ हुन्छ। यसको कमीले विभिन्न किसिमका संक्रामक रोग पनि लाग्न सक्छ। गर्भवती महिलाको शरीरमा भिटामिन ‘डी’ को कमी हुँदा गर्भको बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ।

    भिटामिन ‘डी’ प्रकृतिमा सजिलैसँग पाइने भए पनि यसबाट निम्तिने समस्याचाहिँ उल्लेख्य छ। भारतको दिल्ली, मुम्बई, चेन्नई र हैदरावादमा २ हजार ५ सय स्त्रीरोग विशेषज्ञमाथि गरएिको एक अनुसन्धानमा ९५ प्रतिशतमा भिटामिन ‘डी’ को कमी पाइएको थियो। पेसाले चिकित्सक भएकाले उनीहरूको व्यस्त जीवन नै यसको कारक थियो। उनीहरू बिहानदेखि बेलुकीसम्मै घर, अफिस र मोटरमा मात्रै बस्ने र घामको सम्पर्कमा आउनै नपाउने भएकाले यस्तो समस्या आएको अनुसन्धानले देखाएको छ।

    यस्ता समस्या रोक्न घर-आँगनमा छताछुल्ल निःशुल्क रूपमा प्राप्त हुने सूर्यको किरणमा बस्न सिकाउनुपर्ने भएको छ। खासगरी किशोर-किशोरी र युवा छाला कालो हुन्छ भनेर घाममा बस्न हिचकिचाउँछन्। तर, उनीहरूलाई सिकाउनुपर्छ कि १५ देखि २० मिनेट सूर्यको किरणमा बस्नाले हाड बलियो हुनुका साथै उनीहरूको स्वास्थ्यलाई धेरै फाइदा हुन्छ।

    भिटामिन ‘डी’ पनि भिटामिन ‘ए’ र ‘के’ जस्तै बोसोमा घुल्छ। र, भिटामिन ‘ए’ जस्तै शरीरमा जम्मा भएर रहिरहन सक्छ। त्यसैले दिनदिनै घाममा बस्न सकिएन भने पनि चिन्ता गर्नुपर्दैन। हप्तामा तीन-चारपटक घाममा बस्न सके पनि पुग्छ। बोसोमा घुलनशील भएकाले बर्सादका दिनमा घाम नलागेमा घाममा बस्न पाइएन भनेर चिन्ता गर्नुपर्दैन, शरीरमा जम्मा भएको भिटामिन ‘डी’ ले नै काम गररिरहेको हुन्छ।

    गर्भवती महिला र शिशुलाई घाममा राखेर तेल लगाउनाले मालिसबाट हुने फाइदाका साथै सुत्केरी आमा र नवजात शिशु दुवैले पर्याप्त मात्रामा भिटामिन ‘डी’ पाउँछन् भन्ने तथ्यको ज्ञानचाहिँ सायद हामीमा परापूर्वकालदेखि नै थियो। त्यही भएर यो विधि हामीकहाँ परम्परा नै भइसकेको छ।

    विभिन्न अध्ययनले देखाएका छन्, शारीरकि स्वास्थ्य मात्र होइन, मानसिक स्वास्थ्यका लागि पनि भिटामिन ‘डी’ महत्त्वपूर्ण छ। घाम नलागेको दिनमा हामी नरमाइलो महसुस गर्छौं, ‘मुड अफ’ भएको मान्छौँ। यसको अर्थ सूर्यको किरणमा हुने भिटामिन ‘डी’ ले नै हामीलाई जीवन्त पाररिहेको हुन्छ।

    हुन त घाममा बस्नेहरूको शरीरमा समेत भिटामिन ‘डी’ नपुगेका उदाहरण छन्। किन त ? घाममा लुगा लगाएर बसेपछि सूर्यको किरणले छालामा छुनै पाउँदैन। दिनरात कोठामा बढी बस्ने, बाहिर हिँड्दा पनि सूर्यको किरणले नछोओस् भनेर क्रिम लगाउनेहरूलाई भिटामिन ‘डी’ को कमी हुन सक्छ ।

    ढाड दुखिरहने समस्या हुने युवक-युवतीहरूले आफूमा कतै भिटामिन ‘डी’ को कमी त भएको छैन भनेर विचार गर्नुपर्छ।

    भारतको मुम्बईमा ३३ हजार ४ सय ४४ बासिन्दाको जाँच गर्दा २७ हजार ६ सय ६ जनामा भिटामिन ‘डी’ को कमी पाइएको थियो। तीमध्ये ६६ प्रतिशत महिला थिए।

    आधुनिक जीवन र खानपानसहित घर र अफिसमा व्यस्त वयस्क महिलामा पनि यो समस्या बढी देखिन थालेको छ। मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईको अनुभवले पनि यही तथ्यलाई पुष्टि गर्छ। डा. भट्टराईकहाँ पुग्ने धेरै महिलाको रगत जाँच गर्दा भिटामिन ‘डी’ को कमी पाइएको छ। जसका कारण बढी थकाइ लाग्ने, ढाड र हातखुट्टा दुख्ने आदि समस्या देखा पर्छन्।

    विशेषगरी वृद्ध उमेरका व्यक्तिलाई भिटामिन ‘डी’ को झनै खाँचो हुन्छ। बिरामी भएर उठेका र कोठाभित्र बसिरहेका वृद्धवृद्धालाई बाहिर घाममा घुमाउने र ढाड, हातलगायत शरीरमा तेलको मालिस गरिदिन सके उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।

    भिटामिन ‘डी’ भिटामिन म हर्मोन जय । जब सूर्यको किरणले छालामा छुन्छ, तब यसले भिटामिन ‘डी’ लाई हर्मोन ‘डी थ्री’ मा बदल्छ र शरीरलाई स्वस्थ्य बनाइराख्न सकारात्मक भूमिका निर्वाह गर्छ।

    एकदिन सूर्यको किरणमा रमाइलोसँग बस्दा नै औषधीबाट प्राप्त हुनेभन्दा बढी भिटामिन ‘डी’ पाइन्छ भने किन औषधीमा पैसा खर्चिनु ? घरआँगनभरि सित्तैँको औषधी छरिएको किन नलिने ?



    डा. अरूणा उप्रेती : जनस्वास्थ्यविद् डा. अरूणा उप्रेती : जनस्वास्थ्यविद्




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP