logo

  • २७ फाल्गुन २०८२, बुधबार | Wed, 11 Mar 2026
  • Dark Mode

          Subscribe

    लायन्स क्लव अफ काठमाडौं कुलदेवताद्वारा नि:शुल्क स्वास्थ्य शिविर

    लायन्स क्लव अफ काठमाडौं कुलदेवताद्वारा नि:शुल्क स्वास्थ्य शिविर

    काठमाडाैं । लायन्स क्लव अफ काठमाडौं कुलदेवताले आज काठमाडौंमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

    मेडिलाइफ हेल्थकेयर क्लिनिक स्थापनाको छैटौं वर्षिक उत्सवको अवसर पारेर लायन्स क्लव अफ काठमाडौं कुलदेवता र मेडिलाइफले संयुक्त आयोजनामा स्वास्थ्य शिविर गरिएको क्लबका अध्यक्ष जनकराज पाठकले बताए ।

    स्वास्थ्य शिविरमा स्त्रीरोग विषेशज्ञबाट स्त्री रोग सम्बन्धि चेकजाच, मधुमेह सम्वन्धि चेकजाच, रक्तचाप जाँच सेवा, जनरल फिजिसियनबाट स्वास्थ्यय चेकजाँच गरिएकाे हाे ।

    उक्त शिविरबाट करिव १५० जना लाभान्वित भएको लायन्स क्लव अफ काठमाडौं कुलदेवताका अध्यक्ष पाठकले जानकारी दिए ।

    कार्यक्रममा क्लबकाे तर्फबाट उपाध्यक्ष हरेन्द्र घिमिरे, सदस्य अनिता पाठक लगायतकाे उपस्थित थियो ।

    स्वास्थ शिविरमा लायन्स ३२५ ‘एम’ बाट टंक पौडेल, भुपराज काफ्ले, राजेश विसुराल, दुर्गा विसुराल, श्रृषिमाया पोख्रेल लगायतको उपस्थित रहेको थियो।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP