logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    ग्यास बिक्री नगर्ने उद्योग संघको चेतावनी

    ग्यास बिक्री नगर्ने उद्योग संघको चेतावनी

    काठमाडौं । नेपाल ग्यास उद्योग संघले सरकारले १९ बुँदे माग पूरा नगरे फागुन २२ गतेबाट ग्यास बिक्री वितरण रोक्ने चेतावनी दिएको छ । आज संघका अध्यक्ष शिवप्रसाद घिमिरे सरकारले माग सम्बोधन नगरे ग्यास बिक्री नै बन्द गर्ने बताए ।

    माघ ३० गतेदेखि देश भरका ५९ वटै एलपी ग्याँस उद्योगहरुले नेपाल आयल निगम बाट प्रोडक्ट डेलिभरी अडर खरिद नगर्ने नगराउने । फागुन १ गतेदेखि ५ गतेसम्म सबै ग्याँस उद्योगहरुले विरोधका कार्यक्रमहरु बारे स्थानीय सबै संघ संस्था संचार माध्यमहरु मार्फत जानकारी गराउने ।

    फागुन ६ गतेदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एल.पी. ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने। फागुन १२ गतेदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्याँस बुलेटहरु कुनै पनि भन्सार नाका बाट नछुटाउने ।

    १८ गते आइतबार देखि सबै नेपालका ५९ उद्योगहरु जायज मागहरु सम्बोधन नभएमा अनिश्चितकालीन बन्द गर्ने । २०८१ फाल्गुण २२ गतेदेखि देश भरका ग्याँस बिक्रेता डिपोहरुले सम्पूर्ण बन्द गरिने ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP