स्वेच्छाले जानी-जानी मर्ने मनसायले आफूले आफ्नै ज्यान लिने कामलाई आत्महत्या भनिन्छ । अहिले विश्वभरि नै आत्महत्याको दर बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेका विभिन्न अध्यन प्रतिवेदनअनुुसार विश्वमा प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास प्रत्येक ४० सेकेण्डमा १ जनाले, १ दिनमा २००० जनाले र वर्षभरिमा ७ लाख ३ हजार यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । नेपालविश्वमा सातौं र दक्षिण एशियामा श्रीलंकापछि दोश्रो बढि प्रतिव्यक्ति आत्महत्या हुने देशमा पर्दछ । विश्वमा प्रत्येक १ लाखमा ११ जनाले आत्महत्या गर्ने गर्छन् तर नेपालमा भने प्रत्येक १ लाखमा २५ जनाले आत्महत्या गर्ने गर्छन् ।
हाल नेपालमा आत्महत्याको दर करिब २५ प्रति एक लाखमा रहेको छ तर, सरकारले भने सन २०३० मा ४.७ प्रतिलाखमा पु-याउने लक्ष्य लिएको छ । नेपालमा एक दिनमा करिब १९ जनाले र प्रत्येक दुई घण्टामा एक जनाले आत्महत्या गरिरहेको दुःखदस्थिति रहेको छ तर नेपाली समाजमा अझैपनि कलंक र लान्छनाको रुपमा हेरिन्छ । नेपालमा प्रतिवर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गर्छ । बिगत १० वर्षको अवधिमा नेपालमा ५३ हजार २ सय ९८ जनाले आत्महत्याको कारण आफ्नो ज्यान गुमाएका छन् । जस अनुसार आर्थिक वर्ष ०६९/०७० मा ३ हजार ९ सय ७४ जना, ०७०/०७१ मा ४ हजार ५ सय ४ जना, ०७१/०७२ मा ४ हजार ३ सय ३२ जना, ०७२/०७३ मा ४ हजार ६ सय ८० जना, ०७३/०७४ मा ५ हजार १ सय २४ जना, ०७४/०७५ मा ५ हजार ३ सय १७ जना, ०७५/०७६ मा ५ हजार ७ सय ५४ जना, ०७६/०७७ मा ६ हजार २ सय ७९ जना, ०७७/०७८ मा ७ हजार १ सय ४१ जना, ०७८/०७९मा ६ हजार ८ सय ३० र ०७९/०८० मा ६ हजार ९ सय ९३ जनाले, ०८०/०८१मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको तथ्यांक छ । नेपालमा अहिलेसम्म आत्महत्याका प्रयासहरु गणना गर्ने कुनै प्रविधि वा प्रणाली छैन ।
आत्महत्याको दर प्रतिलाख ९ जाना रहेको छ । प्रतिलाखमा १२.६ पुरुष र ५.४ जना महिलाको मत्यु आत्म हत्याका कारण हुन्छ । आत्महत्याकोे प्रयास पुरुषहरुको तुलनामा महिलाहरुले २, ३ गुणाले बढी गरेको देखिन्छ । विकसित देशहरुमा आत्म हत्याबाट ज्यान गुमाउने संख्या महिलाको तुलनामा पुरुषको ३ गुणाले बढि रहेको देखिन्छ भने कम विकसित देशहरुमा महिलाको तुलनामा पुरुषको १.५ गुणाले बढि रहेको देखिन्छ । एक सामान्य व्यक्तिले भन्दा एक चोटी आत्महत्याको प्रयास गरेका व्यक्तिमा भविष्यमा आत्महत्या गर्ने सम्भावना ३० देखि ४० गुणा बढी हुन्छ । १५ देखि १९ बर्ष समूहका व्यक्तिमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या हो । विश्वमा प्रतिवर्ष यस उमेर समुहका १ लाख व्यक्तिहरु आत्महत्या गरेर इहलिला समाप्त गर्ने गर्दछन् ।
आत्महत्या सम्बन्धीमहत्वपूर्ण तथ्यहरु :
आत्महत्याको जोखिम के कारणले बढाउँछ?
आत्महत्याको मनोवैज्ञानिक र सामाजिक असर परिवार तथा समुदायमा अत्याधिक पर्ने गर्दछ । आत्महत्या एक बहुकारकीय तत्व हो जसमा वातावरणीय, जैविकिय, सामाजिक, मनोवैज्ञानिक र वातावरणबीच गहिरो सम्बन्ध हुन्छ । मनोवैज्ञानिक सिग्मण्ड फ्राइडका अनुसार व्यक्तिमा हुने बिध्वंसात्मक उद्धेगका कारण आत्महत्या हुने गर्दछ । मनोविश्लेषणत्मक सिद्धान्तअनुसार मानिसका दमित इच्छा, आवश्यकता र चाहनाहरु पुराहुन अवरोध भएमा, आत्म सम्मानमा न्यूनता, जीवनप्रति दिक्दारीको अवस्था , मनका कुरा गुम्स्याएर राख्न परेमा,गहिरो चोट परेमा र मनोविक्षिप्तता भएमा व्यक्ति संवेगात्मक रुपमा अस्थिर भएर आत्महत्यातर्फ आकर्षित हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याको करिब ९० प्रतिशत कारण मानसिक रोग रहेको छ । मानसिक रोगका कारणले आत्महत्या गर्ने मध्ये ८० प्रतिशतमा आत्महत्यापूर्व उदासिनता देखिएको हुन्छ । लागुऔषध दुव्र्यसनीहरु मध्ये १५ प्रतिशत, व्यक्तित्व गड्बडीमध्ये १० प्रतिशत र सिजोफ्रनिया भएकाहरु मध्ये १० प्रतिशतले आत्महत्या गरेको देखिन्छ । नेपालमा बढ्दो आत्महत्याका कारणहरु सामाजिक, साँँस्कृतिक विचलन, मानसिक रोग, शारिरीक अपाङ्गता, लामो समयसम्म नीको नहुने शारिरिक रोगहरु लागेर व्यक्तिमा नैराश्यता हुनु, पारिवारिक कलह, अनमेल विवाह, यौन दुर्वलता, ब्यस्तता, असन्तुष्टि, आपसमा अविश्वास, इमान्दारिताको कमि, असुरक्षा, अन्यायमा पर्नु, द्वन्द्व, बेरोजगारी, गरिबी , सञ्चार माध्यम तथा इन्टरनेटको दुरुपयोग, व्यक्तिगतगुण, मादक तथा लागु पदार्थको दुव्र्यसनी, जीवनमा सधैं असफलता आदि उल्लेखनिय छन् ।
नेपाली समाजमा आत्महत्याको लागि सामाजिक जीवनमा चालु अस्वस्थ प्रतिस्पर्धा, असमानता, घरेलु हिंसा, संचार प्रविधिको दुरुपयोग, नैतिक शिक्षाको अभाव र नक्कल गर्ने मनोविज्ञान पनि उत्तिकै जिम्मेवार कारक तत्व देखिन्छ । नेपालमा बढ्दै गएको आत्महत्याको घटनाहरुको विश्लेषण गर्दा निम्न कारणहरूले आत्महत्या गरेको पनि देखिन्छ ।
आत्महत्या सम्बन्धी महत्वपूर्ण तथ्यहरु
आत्महत्याको जोखिम के कारणले बढाउँछ ?
आत्महत्याको मनोबैज्ञानिक र सामाजिक असर परिवार तथा समुदायमा अत्याधिक पर्ने गर्दछ । आत्महत्या एक बहुकारकीय तत्व हो जसमा वातावरणीय, जैविकिय, सामाजिक, मनोबैज्ञानिक र वाताबरण बीच गहिरो सम्बन्ध हुन्छ । मनोवैज्ञानिक सिग्मण्ड फ्राइडका अनुसार व्यक्तिमा हुने बिध्वंसात्मक उद्धेगका कारण आत्महत्या हुने गर्दछ । मनोविश्लेषणत्मक सिद्घन्त अनुसार मानिसका दमित इच्छा, आवश्यकता र चाहनाहरु पुरा हुन अवरोध भएमा, आत्म सम्मानमा न्यूनता, जीवन प्रति दिक्दारीको अवस्था , मनका कुरा गुम्स्याएर राख्न परेमा,गहिरोचोट परेमा र मनोविक्षिप्तता भएमा व्यक्ति संवेगात्मक रुपमा अस्थिर भएर आत्महत्या तर्फ आकर्षित हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याको करिब ९० प्रतिशत कारण मानसिक रोग रहेको छ । मानसिक रोगका कारणले आत्महत्या गर्ने मध्ये ८० प्रतिशतमा आत्महत्या पुर्ब उदासिनता देखिएको हुन्छ । लागुऔषध दुव्र्यसनीहरु मध्ये १५ प्रतिशत,व्यक्तित्व गड्बडी मध्ये १० प्रतिशत र सिजोफ्रनिया भएकाहरु मध्ये १० प्रतिशतले आत्महत्या गरेको देखिन्छ । नेपालमा बढ्दो आत्महत्याका कारणहरु सामाजिक,साँँस्कृतिक विचलन, मानसिक रोग, शारिरीक अपाङ्गता, लामो समयसम्म नीको नहुने शारिरिक रोगहरु लागेर व्यक्तिमा नैराश्यता हुनु, पारिवारिक कलह, अनमेल विवाह,यौन दुर्वलता, ब्यस्तता, असन्तुष्टि,आपसमा अविश्वास, इमान्दारिताको कमि, असुरक्षा, अन्यायमा पर्नु, द्धन्द्ध, बेरोजगारी, गरिबी , सञ्चार माध्यम तथा इन्टरनेटको दुरुपयोग, व्यक्तिगत गुण, मादक तथा लागु पदार्थको दुव्र्यसनी, जीवनमा सधैं असफलता आदि उल्लेखनिय छन् । नेपाली समाजमा आत्महत्याको लागि सामाजिक जीबनमा चालु अस्वस्थ प्रतिस्पर्धा, असमानता, घरेलु हिंसा, संचार प्रविधिको दुरुपयोग, नैतिक शिक्षाको अभाव र नक्कल गर्ने मनोविज्ञान पनि उत्तिकै जिम्मेवार कारक तत्व देखिन्छ । नेपालमा बढ्दै गएको आत्महत्याको घटनाहरुको विश्लेषण गर्दा निम्न कारणहरूले आत्महत्या गरेको पनि देखिन्छ ।
१) आर्थिक व्यवस्थापनको सीपको कमीः आर्थिक व्यवस्थापनको सीपको अभावले आत्महत्या गर्नेको संख्या वृद्धि भएको छ । आथिक तनावलाई कम गर्न व्यक्तिले आफ्नो क्षमताको मुल्याड्ढन गरि उचित वैयक्तिक समस्या पहिचान र उपयुक्त समस्या समाधानको लागि पहलकदमी आफ्ैले र्गनु पर्दछ । विभिन्न प्रतिवेदन, र अनुसन्धानलाई केलाउँदा अहिलेको महंगो जीवनशैली, अस्वस्थ प्रतिस्पर्धाले मानिसहरूलाई स्थरिय जिवन वाँच्न, व्यवसाय टिकाउन, स्थापित हुन, समाजमा इज्जत जोगाइराख्ने दबावमा आएर जस्तोसुकै महंगो ऋण लिन र व्यवहार चलाउन बाध्य भएका छन। आर्थिक व्यवस्थापनको सीपको कमीले मानिसहरूमा आर्थिक समस्याजन्य मनोसामाजिक पिडाहरूबाट गुज्रिरहेको पाइन्छन ।
२) गरिबी र अभावको कारणः नेपालका आत्महत्याका घटनाहरुमा चरम गरिबीका कारण भएको देखिन्छ । गरिबीका कारण आफ्नो र आफ्नो परिवारको भविष्य नदेखेर श्रीमान, श्रीमतीले तथा पूरा छोराछोरीको हत्यापछि आत्महत्या गरेका उदाहरणहरु थुप्रै छ्न।
३) प्रेममा असफलता वा अवैध सम्बन्ध ः प्रेममा असफलताका कारण खासगरी युवाहरूमा एक्लै वा युगल आत्महत्याका घटना पनि भइरहेका छन । प्रेमका कारण आत्महत्या हुनुका दुई कारण छन । पहिलो, प्रेममा परेका तर विभिन्न कारणले विवाह हुन नसकेका । जस्तैः जातपात, आर्थिक हैसियत नमिल्दा प्रेममा जोडिएकाहरूको सम्बन्धले विवाहको रूप धारण गर्न सक्दैन । दोस्रो, घरमा श्रीमती या श्रीमान हुँदाहुँदै भएका विवाहोत्तर सम्बन्ध । दम्पतिको विवाहेत्तर सम्बन्ध एक–अर्काका बीचमा स्वीकार्य हुँदैन । तर, यस्तो सम्बन्ध परिवार र समाजमा पछि उजागर हुदा व्यक्तिगत र पारिवारिक प्रतिष्ठाको विषय बन्न पुग्छ । परिणम स्वरुप लोकलाज र समाजमा मुख देखाउन नसक्ने अवस्था उत्पन्न हुँदा आत्महत्या भएको पाइन्छ ।
४) जीवनमा भोगेको असफलताः जाँचमा, जागिरमा, व्यापारलगायतमा असफलता भएपछि पनि धेरैले आत्महत्याको बाटो रोजेको देखिन्छ । व्यापारमा असफलताका कारण आत्मदाह गर्ने, छोराछोरी र श्रीमतीसहित आत्महत्या गरेका उदाहरण पनि नेपाली समाजमा प्रयाप्त छन ।
५) सामाजिक–सास्कृतिक कारणः कानुनले निषेधित गरेता पनि समाजले दाइजोलाई सामाजिक प्रचलनका रूपमा स्वीकारेको छ । नेपालका केही सामाजिक परिवेशमा विवाह पश्चात दहेजको अपेक्षा गरिन्छ । बेमेल विवाह, बहुविवाह, विचारमा मेल नहुनु, मदिरा सेवनलगायतका घरायसी कारणले पनि आत्महत्याका घटना भइरहेका छन । सामाजिक सास्कृतिक र घरायसी कारणले गर्दा आफ्नो वैवाहिक जीवन अशान्त हुनु, परिवारको दबाब, समाजको डर र विवाह टुटेपछि आफ्नो जीवनयापनको सुनिश्चितताको चिन्ताले आत्महत्यातिर प्रेरित गरेको देखिन्छ ।
६) दीर्घ रोग वा बिरामीः दीर्घ रोगको कारण उपचारका क्रममा सम्पत्ति समाप्त हुने र परिवारले आर्थिक समस्या झेल्ने अवस्थाका कारण पनि आत्महत्याका भ.घटनाहरु भएको पाईएको छ ।
७) प्रविधिको दुरुपयोगः इन्टरनेटको दुरुपयोगले समाजिक संजाल र्माफत साईवर वुलिगका घटना वढेर वालवालिका हरुमा आत्महत्याको जोखिम वढेको देखिन्छ । आउनलाइनमा भएका खेल र संगतले पनि नयाँ पुस्ताले आत्महत्याको बाटो रोजेको घटना देखिन थालेका छन । अभिभावकहरुले छोराछोरीमाथि पर्याप्त निगरानी, नियन्त्रण र व्यवहारमा आएको परिवर्तन र अभिभावकत्वका सिपको अभावले जोखिम वढाएको छ ।
जोखिममा भएका व्यक्तिहरुको पहिचान कसरी गर्ने ?
आत्महत्याको जोखिम भएका व्यक्तिहरुले निम्न लक्षणहरु देखाउँछन् । विगतमा आत्महत्याको प्रयास गरेकोर पारिवारिक इतिहास, सुसाइड नोट लेख्नु,बारम्बार आत्महत्याको कुरा गर्नु, हीनताबोध,हरेश,निराशा र आत्मग्लानी , हालसालमा ठूलो घटना घटेको, (मानसिक बिरामी, दुव्र्यसनी,एक्लोपन) ।
आत्महत्याको रोकथाम वा व्यवस्थापन
१० सेप्टेम्वरलाई २००३ देखि विश्व आत्महत्या रोकथाम दिवश मनाउन थालेको थियो २०२४ को नारा “आत्महत्या प्रतिको दृष्टिकोण बदलौं’ रहेको छ । भने नेपालमा आत्महत्या रोकथामबारे संवाद सुरु गरौं दृष्टिकोण बदलौं’ नारा रहेको छ । ब्यक्तिको मनोवैज्ञानिक पक्षलाई घर परिवार र साथीहरुबाट प्रोत्सँहन, हौसला, एवं मनोवैज्ञानिक,मनोचिकित्सक, मनोविमर्शकर्ता र मनोसामाजिक कार्यकर्ताको उचित मनोविमर्श, मनोचिकित्सा एवं उपचारबाट समयमै आत्महत्याको बढदोक्रमलाई रोकथाम गर्न सकिन्छ । आत्महत्याको रोकथामको लागि हाल हटलाईन सन्चालनमा छ । आत्महत्याको सोचाई आएका जो कोहिले पनि ११६६ मा सम्पर्क गरेर सेवा लिन सकिन्छ ।
आत्महत्या एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या हो, यसलाई मानसिक स्वास्थ्यमा पहुँच वृद्धि, जनचेतना, र उचित परामर्शद्वारा आत्महत्यालाई रोकथाम गर्न सकिन्छ। सरकारी र गैरसरकारी साझेदारी र समुदायस्तरको सहभागिताले यस समस्यालाई सम्बोधन गर्न मद्दत पु-याउन सक्छ।
मानसिक स्वास्थ्य प्रतिको लाञ्छना उल्मुलनको लागि समाज र व्यक्तिहरुलाई काम गर्न उत्प्रेरित गर्ने महत्वपूर्ण दिनको रुपमा प्रयोग गर्न सकिन्छ । यस सम्बन्धि अज्ञानता कम गर्नको लागि समुदायमा आधारित मनोशिक्षा सम्बन्धि कार्यक्रम समाजका विभिन्न समुदाय जस्तैः शिक्षा, उमेर, लिङ्ग, धर्म, सस्कृति आदिमा दिनु आवश्यक छ ।
आत्महत्याको रोकथामको लागि आत्महत्या रोकथाम सहजिकरण तालिम संचालन गर्नु आवश्यक देखिन्छ । आत्महत्या रोकथामका लागी मानसिक स्वास्थ्य सचेतना कार्यक्रम देशैभरि अनिवार्य गर्न आवश्यक छ । आत्महत्याको उच्च जोखिममा रहेको समुह र मानसिक रोगीहरुको लागी बिशेष मानसिक स्वास्थ्य नीति कार्यान्व्यन गरी आवश्यकता अनुसार मानसिक स्वास्थ्य केन्द्र र मनोविमर्शकर्ताको व्यवस्था गरी आत्महत्या न्यूनिकरण गर्न आमरुपमा पहल गर्दा आत्महत्याको बढ्दोक्रमलाई रोकथाम गर्न सकिन्छ । मानसिक स्वास्थ्य एवं आत्महत्याको बारेमा पर्याप्त जनचेतना जगाउनु पर्ने हुन्छ ।
आत्महत्याको जोखिम भएका व्यक्तिलाई सम्हाल्ने तरिका निम्न वमोजिम छन् । वालवालिकालाई बढीभन्दा बढी सामाजिक संवेगात्मक विकासको सीपमा जोडदिदै सामाजिक कार्यमा संलग्न गराउन टोलटोलमा खेल्ने, जमघट हुने खुला ठाउँको प्रबन्ध गरेर राज्यले सामाजिक अन्तर्घुलनको आधार खडा गरिदिनुपर्छ । कुरा गर्नका निम्ति उपयुक्त समय र स्थानको पहिचान गर्ने र व्यक्ति आत्महत्या गर्न चाहन्छ कि छैन भन्ने कुरा थाहा पाउन व्यक्तिलाई सीधा आत्महत्याको योजनाका बारे सोध्ने, जोखिमका कारणहरुको आंकलन गर्ने, आत्महत्याका हरेक धम्की वा वचनलाई संवेदनशीलताका साथ लिने, समय दिने, धैर्यता पूर्वक सुन्ने, सहानुभूति दर्शाउने, मदत गर्ने, भावनात्मक सहयोग गर्ने, परिवारजन र मित्रहरुलाई सम्पर्क गर्ने र उनीहरुसँग बिरामीलाई जोडिदिने, सहयोगको निश्चितता गर्ने, यदि धेरै जोखिम छ भने कहिल्यै एक्लो नछोड्ने र मनोचिकित्सक, मनोविद, परामर्शकर्ताकहाँ पठाउने, सम्भावित साधनहरु हटाउने, अन्य सहयोगको पहिचान गर्ने, पहलकदमी लिने, अरुलाई भन्ने र सहयोग लिने ।
आत्महत्याको जोखिम भएका व्यक्तिलाई सम्हाल्ने तरिका
आत्महत्या रोकथामका लागि हाम्रो भूमिका
समुदायको रूपमा हामी आफ्ना परिवार, नातागोता, साथीसंगी, छिमेकी, सहकर्मी आदिका रूपमा एक अर्कासँग अन्तरसम्बन्धित छौं तर बेला बखत हामी आफ्नो समुदायबाट टाढिन्छौँ र अलगिन सक्छौं यस्तो बेला समुदायको भूमिका निकै महत्वपूर्ण हुन्छ । आत्महत्याको रोकथाममा सञ्चारकर्मीहरुको अत्यन्त महत्वपूर्ण भुमिका रहन्छ त्यसैले आत्महत्याका घटनाको उचित सम्प्रेषणले आत्महत्याको जोखिममा रहेका व्यक्तिको ज्यान जोगाउन मदत पुग्न सक्छ भने गलत सम्प्रेषणले त्यस्ता व्यक्तिलाई दुरुत्साहन गरी त्यस्ता घटना बढाउन सक्छ । आत्महत्या रोकथामका लागि स्थानीयस्तरमा रहेका आत्महत्याका कारक तत्वहरूको पहिचान गरी बहुपक्षीय योजना तर्जुमा गर्ने, निर्माण गर्ने र कार्यान्यवन गर्ने । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका लागि निति निर्माण तथा बजेट विनियोजन र कार्यान्यवन मानसिक र मनोसामाजिक स्वास्थ्य सेवामा सहज पहुँचका लागि पहल र आवश्यक सेवा सुनिश्चित गर्ने । मानसिक र मनोसामाजिक स्वास्थ्य प्रवद्र्धन गर्नसक्ने निकायहरूको पहिचान गरी समन्वय र सहकार्यका साथै क्षमता वृद्धिका कार्यक्रम सञ्चालन गर्ने ।
डा. नरेन्द्र सिंह ठगुन्ना
प्रतिक्रिया