logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    उकालोयात्रामा सेयर बजार, १० अर्ब ४३ करोड बढिको कारोबार

    उकालोयात्रामा सेयर बजार, १० अर्ब ४३ करोड बढिको कारोबार

    काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले बढेर ४५९.८८ विन्दुमा अडिएको छ। कारोबार रकम सोमबारको तुलनामा वृद्धि भएको छ। सोमबार १० अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। त्यसअघि साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो। सो दिन ९ अर्ब ४७ करोड बराबरको सेयर कारोबार भएको थियो।

    यसदिन ३१४ स्क्रिप्सको १ करोड ८२ लाख  ३० हजार ३०२ कित्ता सेयर १० अर्ब ४३ करोड ७० लाख  ६ हजार २१४ रुपैयाँमा खरिदबिक्री भए। चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तकोशी  डेभलपमेन्ट बैंक र केबीएल डिवेन्चर २०८६ का लगानीकर्ताले भने गुमाए। ती कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ८२ करोड २ लाख ३६ हजार ९१० रुपैयाँको सेयर कारोबार भयो।

    नेपाल रिइन्स्योरेन्स कम्पनीको ५१ करोडको सेयर कारोबार हुँदा पिपुल्स हाइड्रोपावरको २९ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २२ करोड र सीईडीबी होल्डिंगसको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    कारोबारमा आएकामध्ये ८७ वटा स्टक्सक मूल्य बढ्दा १४९ वटाको घट्यो। बाँकी ८ समूहको मूल्य भने स्थिर रह्यो। यसदिन सातवटा समूहको उपसूचक बढ्दा ६ वटाको उपसूचक नकारात्मक देखिएका छन्।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP