रमा कुमारी खड्का
नेपालको पात्रो अनुसार प्रत्येक महिनाको पहिलो दिन संक्रान्तिको रुपले चिनिए पनि माघे संक्रान्ति दशौं महिनाको पहिलो दिनमा पर्दछ । यस दिनलाई विशेष रुपले मनाइन्छ । यसलाई माघी तथा मकर संक्रान्ति पनि भनिन्छ । सूर्य दक्षिण दिशाबाट उत्तर दिशातर्फ लाग्ने भएकोले यस आजदेखि दिन लामो र रात छोटो हुन थाल्दछ ।
हिन्दू धर्मालम्बीहरुमा आजको दिन विभिन्न तीर्थस्थल तथा नदीनाला गएर स्नान गरी तिलको झिग्रो ताप्ने गरेमा पुण्य प्राप्त हुने जनविश्वास छ । आ–आफ्ना गुरु पुरोहितहरुलाई सिदा दान गर्ने परम्परा पनि छ । यस दिन घिउ, चाकू, तिलौरी, तरुल, खिचडी लगायत बिभिन्न परिकार बनाएर स–परिवार बसेर रमाइलो गरी खाने प्रचलन छ । यस्ता विभिन्न परिकारसहित खिचडी खाँदा शरीरको चिसो जाने र शरीरमा तापक्रम बढाउने वैज्ञानिक कारण छ । विषेश गरि देवघाट ,त्रिवेणीघाट तथा विभिन्न देवालयहरुमा भक्तजनहरुको बाक्लो उपस्थिति रहन्छ ।
यसरी माघे संक्रान्तिलाई आपसी सदभाव र भाइचाराको अभिवृद्धि हुँदै जाने र सबै धर्म समुदायबीच एउटै चाडलाई आ–आफ्ना परम्परा तथा संस्कृति अनुरुप मनाइदै आएको पाइन्छ । हिजोआज भने माघे संक्रान्ति विदेशमा रहेका नेपालीहरुले पनि महत्वसाथ मनाउन थालेका छन् । मूलतः यो सामुहिक सामाजिक पर्व हो ।
माघे संक्रान्तिको दिनलाई थारु समुदायले माघि पर्वको रुपमा मनाउने गर्दछन् । माघि थारु समुदायको महत्वपूर्ण चाड हो । उनीहरुले यस दिनलाई नया वर्षको रुपमा मनाउने गर्दछन् । तराइ क्षेत्रमा बसोबास थारुहरुले धुमधामका साथ मनाउने गर्दछन् । उनीहरु यस दिन एक वर्षको योजना बनाउने गर्दछन,् साथै परिवारको प्रत्येक सदस्यको जिम्मेवारीहरु पनि तोक्ने गर्दछन् । यस बाहेक जिम्मेवारी लिएको व्यक्तिले कुनै गल्ती गरेमा त्यसको बारेमा छलफल गर्ने परम्परा छ । पछिल्ला वर्षहरुमा माघिको अवसरमा काठमाण्डौमा बसोबास गर्ने मगर, थारु समुदायले टँुडिखेलमा सामुहिक परम्परा झल्कने सांस्कृतिक कार्र्यक्रम गर्ने गर्दछन् । माघे संक्रान्तिको दिन कमैयाबाट मुक्त हुने स्वतन्त्र दिवसको रुपमा पनि लिइन्छ ।
नेवारी समुदायमा माघे संक्रान्तिलाई घ्यूचाकु सँल्हु नामले धुमधामका साथ मनाउने चलन छ । यस दिन ठूलाबडाको हातबाट तालुमा तेल ठोक्ने गरिन्छ । यसो गर्दा चिसोबाट मुक्त हुने जन विश्वास छ साथै उनीहरु घरमा विभिन्न परिकार बनाएर सपरिवार बसेर रमाइलो गर्दै यो पर्व मनाउने चलन छ ।
यसरी माघे संक्रान्तिलाई आपसी सदभाव र भाइचाराको अभिवृद्धि हुँदै जाने र सबै धर्म समुदायबीच एउटै चाडलाई आ–आफ्ना परम्परा तथा संस्कृति अनुरुप मनाइदै आएको पाइन्छ । हिजोआज भने माघे संक्रान्ति विदेशमा रहेका नेपालीहरुले पनि महत्वसाथ मनाउन थालेका छन् । मूलतः यो सामुहिक सामाजिक पर्व हो ।
व्यवासायिक रुपमा पनि माघमा तरुल, चाकु, लड्रडु लगायतको राम्रो व्यापार हुने गर्दछ । अहिले तरुलको नेपालमा नै व्यवसायिक खेती शुरु हुन थालेको छ । चाकु बनाउन भ्याइ नभ्याइ छ । नुवाकोट, धादिङमा माघे संक्रान्तिमा गोरु जुधाएर मनोरञ्जन लिने गर्दछन् । तसर्थ माघ एक, महिमा अनेक भएकोले नेपाल सरकारले सधैं सार्वजनिक बिदा दिने गरेको छ । सामाजिक सदभाव, सहकार्य र एकताको हातेमालो गरेर शारिरीक तथा मानसिक रुपमा यो पर्वलाई मनाउन सके अझ यसको महत्व झल्कने छ ।
प्रतिक्रिया